झापाको गौरादहलाई कृषिको ‘हव’ बनाइने,कृषि पर्यटकीय केन्द्र घोषणा

<span class='c1'>झापाको गौरादहलाई कृषिको ‘हव’</span> <span class='c2'>बनाइने,कृषि पर्यटकीय केन्द्र घोषणा</span>

विष्णुप्रसाद पोखरेल–

दमक, साउन ११ गते । झापाको गौरादहलाई कृषिको ‘हव’ बनाइने भएको छ । संघीय सरकारले देशमा नै पहिलो पटक गौरादहलाई कृषि पर्यटकीय केन्द्र घोषणा गरेपछि यसलाई सार्थक बनाउन स्थानीय सरकार नगरपालिकालाई समेत दबाव पुगेको छ । यसलाई प्रवद्र्धन गर्दै आएको सहकारीले नमूना कृषि होमस्टे निर्माणको काम समेत अन्तिम चरणमा पु¥याएको छ ।

गौरादहको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले शुरु गरेको नमूना सहकारी खेतीलाई आधार बनाएर सरकारले कृषि पर्यटकीय क्षेत्र घोषणा गरेसँगै नगरपालिकाले समेत यसतर्फ ध्यान केन्द्रित गर्दै आएको छ । गौरादह कृषि कार्यक्रमलाई प्रदेशको गौरवको योजना अगाडि बढाई कृषि प्राविधिकीकरण गर्ने लक्ष्य अनुसार हामी अघि बढेका छांै, नगर प्रमुख रोहितकुमार शाह भन्नुहुन्छ ।

नगरपालिकाले गौरादहको वार्ड नं ५ मा रहेको नमूना सहकारी खेती लाई औद्योगिक तरकारी खेति कृषि अनुसन्धान केन्द्रमा रुपान्तरण गर्ने जनाएको छ । अब सामूहिक सहकारी खेतीभन्दामाथि तरकारी खेतीको अनुसन्धान केन्द्र बनाउने गरी आवश्यक बजेट ब्यवस्थापन गर्नेछौ, शाहले भन्नुभयो । यहाँ अहिले पनि बार्षिक हजारांै कृषि पर्यटकहरु आउने गरेको बताईएको छ ।

गौरादहमा कृषि क्याम्पस स्थापना र सरकारले कृषि पर्यटकीय केन्द्र घोषणा गर्नु यस क्षेत्रका लागि गौरवको विषय भएकाले यसलाईनै आधार बनाएर नगरपालिकाले आफ्नो छुट्टै पहिचान बनाउन सक्ने विषयमा गहन छलफलसँगै कार्यक्रमहरु समेत ल्याईएको नगरपालिकाकी उपप्रमुख गीता भेटवालले बताउनुभयो । कम्तिमा एकवडा एकपशु तथा कृषि प्राविधिकको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

नगरपालिका भित्रको सबै भूमि तथा जग्गाको अभिलेख राख्ने, भु–उपयोग नीति योजना र कानुन निर्माण गरी सो अनुरुप भूमिको वर्गीकरण र उपयोग गर्ने, कृषिलाई सामुहिक खेती, चाक्लाबन्दी खेती र गह्रा सुधार कार्यक्रमलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु अघि बढाईएको उहाँ बताउनुहुन्छ ।

यसैबीच कृषि पर्यटनलाई लक्षित गरी पहिलो पटक कृषि नमूना पाहुना घरको निर्माण समेत गौरादहमा थालिएको छ । नमूना एकिकृत कृषि सहकारी खेतीले पाहुना घर निर्माण कार्यलाई तिब्रता दिएको हो । यहाँ आउने कृषि पर्यटकलाई लक्षित गरी संँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ५० लाख रुपियाँ सहयोगमा पाहुना घर निर्माण शुरु गरिएको नमूना एकीकृत सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाईंले बताउनुभयो ।

नमूना कृषि ‘होम स्टे’को रुपमा पाँचवटा घर निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ । गत चैतमा संघीय सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले यसको शिलान्यास गर्नुभएको थियो । सामूहिक खेतीलाई प्रवद्र्धन गर्दै आएको महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालका अनुसार वार्षिक १५ हजार कृषि पर्यटक यहाँ आउने गरेका छन् । यहाँ बसोबास गर्न चाहानेलाई राख्ने अवस्था नरहँदा बाहिर पठाउनु परेकाले अब त्यस्तो अवस्था टहर्ने अपेक्षा लिईएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्