विराटनगर ।विराटनगरको सेन्ट्रल मलमा विश्वप्रसिद्ध ब्युटि ब्राण्डहरुको एकीकृत शोरुमको शुक्रबार उद्घाटन गरिएको छ। शोरुममा लोरियल, म्याट्रिक्स र लिसाप लगायतका विश्वप्रसिद्ध हेयर केयर ब्राण्डका उत्पादनहरु उपलब्ध गराइएको छ।
स्टोर सञ्चालक सरोज थापाका अनुसार शोरुममा हेयर केयरका अतिरिक्त लोटस डर्मासागा, ले-टान, ब्रिलारे, बायो ब्यालेन्स, फरएभर ५२ र प्याक कस्मेटिक जस्ता प्रख्यात स्किन केयर ब्राण्डका उत्पादनहरु पनि राखिएका छन्। उनले भने, "हामीले विराटनगरका ग्राहकहरुलाई विश्वस्तरीय सौन्दर्य उत्पादनहरु सजिलै उपलब्ध गराउने उद्देश्यले यो शोरुम सञ्चालनमा ल्याएका हौं।"
सञ्चालकका अनुसार शोरुममा उपलब्ध सबै उत्पादनहरु प्रमाणित र गुणस्तरीय छन्। यहाँ कपाल र छालाको स्याहारका लागि आवश्यक विभिन्न उत्पादनहरुका साथै व्यावसायिक सल्लाह सेवा पनि उपलब्ध गराइने बताइएको छ। यसले विराटनगर र आसपासका क्षेत्रका बासिन्दाहरुलाई उच्च गुणस्तरका सौन्दर्य उत्पादनहरु सहज रुपमा प्राप्त गर्न सहयोग पुग्ने विश्वास संचालकले व्यक्त गरेका छन्।