जेल जीवनको १९ महिनामध्ये लालु यादवले १७ महिना अस्पतालमा बिताए

जेल जीवनको १९ महिनामध्ये लालु यादवले १७ महिना अस्पतालमा बिताए

एजेन्सी, १२ साउन । हाइप्रोफाइल व्यक्तिहरुमा जेल पर्ने बित्तिकै स्वास्थ्यमा समस्या आउने निश्चित जस्तै बनेको छ । राँचीको विरसा मुन्दा सेन्ट्रल जेलको १० वर्षको इतिहास हेर्ने हो भने एक दर्जनभन्दा बढी भीआइपी जेल पर्ना साथ बिरामी भएपछि जेलबाट अस्पतालमा स्थानान्तरण गरिएको उदाहरण छ । यसको पछिल्लो उदाहरण बनेका छन् राष्ट्रिय जनता दल (आरजेडी) का प्रमुख लालु प्रसाद यादव । ७१ वर्षीय यादवले हालसम्म जेल जीवनको १९ महिनामध्ये १७ महिना अस्पतालमा बिताएका छन् र अझै स्वस्थ भइसकेका छैनन् ।

उनी हाल राजेन्द्र इन्सिटिच्युट अफ मेडिकल साइन्समा उच्च सुरक्षाबीच उपचाररत छन् । उनलाई ४२ जना सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् ।

कारागारका आइजी वीरेन्द्र भुषण भन्छन्, ‘अस्पतालले हरेक महिना यादवको स्वास्थ्य रिपोर्ट पठाउँछ तर हालसम्म कुनै पनि रिपोर्टमा उनी स्वस्थ र स्थिर रहेको रिपोर्ट आएको छैन । सकारात्मक रिपोर्ट आएपछि उनलाई कारागारमा सार्ने छौँ ।’

चारा घोटालामा बिहारका पूर्व मुख्यमन्त्री डिसेम्बर २३, २०१७ देखि जेलमा रहेका छन् । तर, जेल गएको दुई महिनामा नै उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनलाई शुरुमा रिम्स र त्यसपछि नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । एम्सले सन् २०१८ को मेमा स्वस्थ करार गरेपछि उनलाई रिम्समा भर्ना गरिएको थियो ।

लगत्तै यादवले आफ्नो जेठा छोराको विहेको लागि पेरोल पाएक ाथिए । त्यसपछि उनलाई मुम्बईको अस्पतालमा उपचारका लागि हाइकोर्टले बेल दिएको थियो ।सन् २०१८ को अगस्तमा उनी पुनः रिम्स अस्पतालमा फर्किएका थिए ।उनलाई मुख्य गरेर डाइबिटिज र हाइपरटेन्सनको समस्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्