अफगानिस्तानमा बसमा बम विस्फोट हुँदा कम्तिमा पनि ३२ जनाको मृत्यु

अफगानिस्तानमा बसमा बम विस्फोट हुँदा कम्तिमा पनि ३२ जनाको मृत्यु

अफगानिस्तानको कान्दाहार-हिरत राजमार्गमा गुडिरहेको बसमा बम विस्फोट हुँदा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको जनाइएको छ ।

बुधबार तालिवान समूहले कान्दाहर- हिरत सडक खण्डमा राखेको बम विस्फोट ३२ जनाको मृत्यु भएको र १७ जना घाइते भएको फराह प्रान्तका प्रवक्ता मुहीबुल्लाह मुहीबले जानकारी दिएका छन् ।

"अफगानिस्तान तथा अन्य सैन्य फौजलाई लक्षित गरी तालिवान समूहले बम राखेका थिए," उनले भने, "उक्त दुर्घटनामा ज्यान गुमाउने सबै सर्वसाधारण हुन्, जसमा महिला तथा बालबालिका बढी छन् ।"

तालिवान समूहले भने उक्त विस्फोटका विषयमा कुनै प्रतिक्रिया दिएको छैन । उक्त क्षेत्रमा तालिवान समूहका लडाकू भएको र बारम्बार अफगानी सेना र सरकारी अधिकारी लक्षित बम विस्फोट गराउने गरेका थिए ।

अफगानिस्तानमा निरन्तरको तालिवान आक्रमण, आईएसआईएस र अन्य समूहका लडाकूले दैनिक हमला गर्दा सुरक्षा व्यवस्था निकै कमजोर बनेको छ । जसका कारण ठूलो संख्यामा सर्वसाधारण, सरकारी अधिकारी र अफगानी सेनाले ज्यान गुमाएका छन् ।

आधा शताव्दीदेखि अफगानिस्तामा सक्रिय तालिवान समूहले गत वर्ष अमेरिकी प्रतिनिधिसँग कतारमा वार्ता गरेको थियो । उनीहरु सहमति नजिकै पुगेको बताए पनि अमेरिका सेना फिर्ता गर्नुपर्ने शर्त राखेको थियो ।

सन् २०१९ को पहिलो छ महिनामा १३ सय ६६ सर्वसाधारणको मृत्यु  तथा दुई हजार ४४६ जना घाइते भएको तथ्यांक मंगलबार संयुक्त राष्ट्र संघले जनाएको छ । जसमा एक तिहाइ बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्