भारतीय जासुसलाई पक्राउ गरेको पाकिस्तानको दाबी

भारतीय जासुसलाई पक्राउ गरेको पाकिस्तानको दाबी

पाकिस्तान प्रहरीले पञ्जाब प्रान्तबाट एक जना भारतीय जासुसलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले बिहिबार पञ्जाब प्रान्तको डेरा गाजी खान (डीजी खान) शहरबाट राजु लक्ष्मण नामका जासुसलाई पक्राउ गरेको दाबी गरेको हो ।

पाकिस्तानी मिडिया रिपोर्ट्सका अनुसार बुधबार लाहौरबाट ४०० किमिको दूरीमा रहेको डीजी खानको राखी गजबाट कथित जासुस राजु लक्ष्मणलाई पक्राउ गरिएको थियो । प्रहरीका अनुसार लक्ष्मण बलूचिस्तान प्रान्तबाट डीजी खान आउँदै थिए । त्यसैक्रममा उनी पक्राउ परेका थिए । थप अनुसन्धानको लागि उनलाई गोप्य स्थानमा लगिएको प्रहरीले जनाएको छ ।

पाकिस्तान भन्छ– जाधव व्यवसायी होइनन्, जासुस हुन्

यसअघि सन् २०१६ को मार्च महिनाको ३ गते बलूचिस्तानबाट कुलभुषण जाधवलाई पक्राउ गरेका थिए । उनी इरानबाट पाकिस्तान आएका थिए । पाकिस्तानले उनी भारतीय नौसेना अधिकारी जाधव व्यवसायी नभई जासुस भएको दाबी गरेको थियो । यता, भारतले जाधव नौसेनाबाट अवकास लिएपछि इरानमा व्यवसाय गर्न गएका थिए त्यति नै बेला पाकिस्तानले अपहरण गरेको आरोप लगाएको थियो ।

पाकिस्तानी सैन्य अदालतले फासीको सजाए सुनाएको थियो । तर अन्तर्राष्ट्रिय अदालतले भारतको पक्षमा फैसला सुनायो । अदालतका १६ जना न्यायाधीशले १५–१ को बहुमतले जाधवको फासीको सजाय निलम्बित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्