अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु

अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु

टेक्सस, अमेरिका साउन १९ गते । अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको छ ।
साथै सो घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दिउँसो धेरै मानिस बजारका लागि निस्कने समयमा व्यापारिक केन्द्रमा सो घटना भएको थियो । सो गोली काण्डमा प्रहरीले डलासको काँठ क्षेत्र भनिनि एलिनका बासिन्दा एक २१ वर्षीय युवकलाई पक्राउ गर्न सफल भएको छ ।
गोली प्रहार शुरु भएको केही मिनेटमा नै प्रहरी उक्त घटना स्थलमा पुगेको र युवकलाई पक्राउ गर्न सफल भएको थियो । मृत्यु हुनेमा तीन मेक्सिकन रहेका छन् ।
अमेरिकामा आम मानिसले बन्दुक राख्न पाउने व्यबस्थाका कारणा यस्ता घटना धेरै हुने गरेकाे छ । सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्