म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्लूका कारण मृत्यु हुनेको सङ्ख्या ९०

<span class='c1'>म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्लूका</span> <span class='c2'>कारण मृत्यु हुनेको सङ्ख्या ९०</span>

याङ्गुन- म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्लूका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो।

सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४ सय २२ जनामा स्वाइन फ्लू भएको प्रयोगशालाबाट पुष्टि भएको थियो।

ad
सरकारी अधिकारीहरूका अनुसार यस अवधिमा स्वाइन फ्लूबाट मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा धेरै याङ्गुनमै रहेको पाइएको छ। उनीहरूले याङ्गुनमा ६३ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

याङ्गुनपछि अयेयार्वाडी क्षेत्रमा ९ जनाको र बागो क्षेत्रमा ७ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन्। रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्