दुई रङका सिलिन्डर कार्यान्वयनको तयारी किन र कता हरायो ?

<span class='c1'>दुई रङका सिलिन्डर कार्यान्वयनको तयारी</span> <span class='c2'>किन र कता हरायो ?</span>

लक्ष्मण दर्नाल

काठमाडौँ, साउन २७ गते । निलो र रातो रङको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने भनिए पनि सरकारले अहिलेसम्म तयारी थालेको छैन । ग्यासको घाटा कम गर्न विकल्पका रूपमा ल्याउने भनिएको दुई रङको सिलिन्डरको व्यवस्थापनको काम नहुँदा लागू गर्न नसकिएको हो ।  घरायसी प्रयोगका लागि रातो र व्यावसायिक प्रयोगका लागि निलो रङको सिलिन्डर प्रयोगमा ल्याउने भनिएको थियो तर प्रयोगकर्ताको पहिचान हुन नसकेकाले ढिलाइ भएको नेपाल आयल निगमले जनाएको छ । कसलाई रातो र कसलाई निलो दिने भन्ने कुराको पहिचान नभएकाले लागू गर्न नसकिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो ।

कार्यकारी निर्देशक पौडेल भन्नुहुन्छ, कार्यान्वयन गर्दा राम्रै हुने थियो तर सैद्धान्तिक रूपमा हेरेरमात्र भएन कार्यान्वयनको पाटो जटिल छ । कसलाई सस्तोमा दिने कसलाई महँगोमा भन्ने कुराको पनि पहिचान हुन सकेन । कसलाई दिने भन्नेमा डाटा दिए हामीले दिन सक्छौँ ।
दुइ रङको सिलिन्डर दुरुपयोगको सम्भावना बढी हुने भएकाले पनि निगमले तत्काल लागू गर्न सकिरहेको छैन । सिलिन्डरको दुईथरी मूल्य भएपछि बजार अनुगमन र व्यवस्थापनमा जटिलता हुने निगमको बुझाइ छ । अनुगमनका लागि बलियो संयन्त्र जरुरी रहेको निगमले जनाएको छ । पौडेल भन्नुहुन्छ, कसैले निलो रङलाई घरमा लगेर रातो बनायो भने के गर्ने ? घरायसी प्रयोगका लागि किनेको होटल रेस्टुरेन्टमा प्रयोग हुन सक्छ त्यसैले व्यवस्थापन र अनुगमनमै जटिलता छ ।

नेपाल आयल निगमका अनुसार नेपालका ४० प्रतिशत परिवारले खाना पकाउने ग्यासको प्रयोग गर्दैआएका छन् । निगमका प्रवक्ता वीरेन्द्र गोइत भन्नुहुन्छ, पछिल्लो समय ग्यास प्रयोगकर्ताको तथ्याङ्क बढेको छ, हामीले देख्छौँ गाउँ–गाउँमा ग्यास पुगेको छ, प्रत्येक वर्ष ग्यासको माग वृद्धि हुनुले पनि यो पुष्टि गर्छ । प्रवक्ता गोइतको सुझाव छ, पहिला सरकारले पहिचान गर्नुप¥यो कसलाई सहुलियत दिने ? कति दिने ? त्यसको पहिचान हुनुप¥यो, अनि संयन्त्र हुनुप¥यो बल्ल कार्यान्वयनमा जान्छ, जबसम्म दुई प्रकारको मूल्य हुँदैन तबसम्म निलो र रातोको अर्थ हँुदैन ।  निगमले दुई रङका सिलिन्डरको प्रयोगका लागि दुई रङकै कार्डको पनि प्रयोग गर्ने भएको थियो तर अहिले नियमनका नाममा त्यो त्यसै अलपत्र छ ।

दुई रङको सिलिन्डर कार्यान्वयन गर्न प्रविधि र नियमनकारी निकायको जरुरी रहेको निगमको दाबी छ । निगमका अनुसार घरमै एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास खन्याउन सकिने प्रविधि बजारमा आइसकेको छ । दुई प्रकारको मूल्य लागू गरियो भने दुरुपयोग हुने सम्भावनाको पहिचान गरी पहिल्यै रोेकथामका उपाय अपनाएर कार्यान्वयनमा जानुपर्ने निगमले जनाएको छ ।
नेपालमा ग्यासको माग दैनिक बढिरहेको छ । आर्थिक वर्ष २०७१÷७२ मा २५ लाख आठ हजार २९९ मेट्रिक टन एलपीजी ग्यास आयात भएको थियो । २०७२÷७३ मा २१ लाख चार हजार १९२ मेट्रिक टन आयात गरिएका थियो ।
उक्त वर्ष भारतीय नाकाबन्दी भएकाले आयात घटेको निगमको दाबी छ । २०७३÷७४ मा ३१ लाख दुई हजार ९२८ मेट्रिक टन आयात भएको छ । २०७४÷७५ मा ३७ लाख पाँच हजार ७० मेट्रिक टन आयात भएको थियो ।
नेपालमा एक करोड दुई लाख सिलिन्डर प्रयोगमा छन् । मासिक ३५ हजार मेट्रिक टनले २४ लाख वटा सिलिन्डर भरिन्छ । दैनिक ८० हजार सिलिन्डर भरिन्छन् । निगमको दाबी अनुसार ३४ लाख सिलिन्डर उपभोक्तासँग रहेको, ३४ लाख कम्पनीमै रहेको र ३४ लाख ढुवानीकै क्रममा रहेको हुन्छ तर ठूलो सङ्ख्यामा सिलिन्डर उपभोक्ताले नै मौजुदा राख्ने गरेको गोइतको भनाइ छ । उहाँ भन्नहुन्छ, काठमाडौँमा सामान्य परिवारले कम्तीमा दुईदेखि चार वटासम्म सिलिन्डर राखेको हुन्छ, ठूला होटल तथा रेस्टुरेन्टमा त सयौँ हुने गरेकोे छ, त्यसको वास्तविक तथ्याङ्क लिइसकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्