बैंक तथा वित्तीय संस्थामाथिको अराजक गतिविधि रोक्न माग

<span class='c1'>बैंक तथा वित्तीय संस्थामाथिको</span> <span class='c2'>अराजक गतिविधि रोक्न माग</span>

काठमाडौं । नेपालका प्रमुख बैंकिङ संघहरूले बैंकिङ क्षेत्रमा देखिएका अवरोध र अफवाहप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरू रोक्न सरकारसँग आग्रह गरेका छन्।

पछिल्लो समय कृषि विकास बैंकको लहान शाखा लगायत विभिन्न बैंकका शाखाहरूमा कर्मचारीहरूलाई धम्की दिने, तालाबन्दी गर्ने र हिंसात्मक गतिविधिहरू बढेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्ता कार्यले सर्वसाधारण ग्राहकहरूलाई बैंकिङ सेवा प्राप्त गर्नबाट वञ्चित गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले नियामक निकायको निर्देशन र कानुनी प्रावधान अनुसार कार्य गर्दै आएको जनाउँदै संघहरूले ऋण लिएपछि नियमित रूपमा साँवा र किस्ता तिर्नु ऋणीको मुख्य दायित्व भएको स्मरण गराएका छन्। कुनै असन्तुष्टि भएमा कानुनी प्रक्रिया अपनाउन सकिने भएकाले बैंकिङ सेवामा अवरोध पुर्याउनु उचित नहुने बताइएको छ।

यसैबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले पाथीभरा केबलकारको विषयलाई लिएर ग्लोबल आइएमई बैंक माथि गरिएको कार्यको पनि विरोध गरेका छन्। संघहरूले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति सचेत रहन र अफवाह फैलाउनेलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्