पाकिस्तानमा भारतमा उत्पादन भएको भारतीय कलाकार अभिनित विज्ञापनमाथि प्रतिबन्ध

पाकिस्तानमा भारतमा उत्पादन भएको भारतीय कलाकार अभिनित विज्ञापनमाथि प्रतिबन्ध

नयाँ दिल्ली । पाकिस्तानले भारतमा उत्पादन भएको तथा भारतीय कलाकार अभिनित सबैखाले विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेग्युलेटरी अथोरिटी (पेम्रा)ले त्यस्ता टेलिभिजन कमर्सियल्समाथि पूर्णतया प्रतिबन्ध लगाएको हो, जुन भारतमा उत्पादित हुनुका साथै भारतीय कलाकारले अभिनय गरेका छन् ।

पेम्राले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘‘पाकिस्तानी टीभी स्क्रिनमा भारतीय कलाकारको उपस्थितिले पाकिस्तानी नागरिकको दुःखलाई वृद्धि गरिदिएको छ, ती काश्मीरीमाथि भइरहेको अत्याचारबाट निकै चिन्तित छन् ।’’

पेम्रा अर्डिनेन्स २००२को सेक्सन २७(ए) लागू गर्दै अथोरिटीले डेटोल, सनसिल्क, सर्फ एक्सेललगायत थुप्रै बहुराष्ट्रिय ब्रान्डको विज्ञापन बन्द गरिदिएको छ । गत वर्ष अक्टोबरमा अथोरिटीले इन्डियन  टेलिभिजन कन्टेन्ट–च्यानल देखाउने अनुमति फिर्ता लिएको थियो ।

भारत सरकारले जम्मु–काश्मीरलाई विशेष दर्जा दिइएको अनुच्छेद ३७० रद्द गरेको तथा जम्मु–काश्मीर र लद्दाखलाई अलग केन्द्र शासित प्रदेश बनाउने फैसलाई लिएपछि पाकिस्तानले यस्तो कदम चालेको हो । भारतीय निर्णयबाट यतिखेर पाकिस्तान क्रुद्ध बनेको छ । अहिले दुई छिमेकी देशको सम्बन्ध निकै चिसिँदै गएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको कदमको कडा शब्दमा भत्र्सना गरिसकेका छन् । भारतीय कदममाथि अन्तरराष्ट्रिय निकाय तथा शक्ति राष्ट्रहरुले बोल्नुपर्ने खानको भनाइ छ ।

(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्