कतै तपाईं ब्युटी पार्लरबाट रोगहरू त ल्याइरहनुभएको छैन ?

कतै तपाईं ब्युटी पार्लरबाट रोगहरू त ल्याइरहनुभएको छैन ?

एजेन्सी । आजकल पार्टीहरूमा जानुअघि महिलाहरू ब्युटी पार्लरमा शृंगार गर्न पुग्छन् । सुन्दर देखिने प्रयासमा उनीहरू नजानिकनै रोग पनि बोकेर आउने सम्भावना रहन्छ । पार्लरमा प्रयोग हुने सामग्री राम्रोसँग सफा नभएमा संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले संक्रमणबाट बच्नका लागि यी कुराहरूमा ध्यान दिनुपर्छ । म्यानिक्योर पेडीक्योर वा थ्रेडिङ गर्ने उपकरण सफा हुनुपर्छ ।

पार्लरमा हेयरस्टाइल बनाउँदा वा हेयरकट गर्दा प्रयोग हुने काइँयो र कैंचीबाट पनि संक्रमण हुनसक्छ । त्यसैले पार्लर जानुअघि त्यहाँ सफाइको व्यवस्था छ कि छैन भनी सुनिश्चित गर्नुपर्छ ।

पार्लरमा रुमाल वा तौलियाको उपयोग हुन्छ । सबैको फोहोर त्यसमा टाँसिएको हुनसक्छ । त्यसैले त्यसको ठाउँमा टिस्यु पेपर प्रयोग गर्नुस् । टिस्यु पेपर छैन भने पार्लरवालीलाई नयाँ रुमाल दिन भन्नुस् ।

पार्लरमा दिनभरिमा धेरै मानिस आउँछन् । त्यसैले हतारमा पार्लरवालीले हात धुन बिर्सन सक्छिन् । तपाईं आफैंले उनलाई सम्झाएर स्वास्थ्य राम्रो बनाउनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्