विवाह समारोहमा आत्मघाती बम बिस्फोट, थुप्रै हताहत भएको आशंका

विवाह समारोहमा आत्मघाती बम बिस्फोट, थुप्रै हताहत भएको आशंका

अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा थुप्रै हताहत भएको आशंका गरिएको छ । विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ ।

A woman cries outside a hospital after the blast

प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताए पनि यकिन विवरण आउन सकेको छैन । उक्त इलाका अल्पसंख्यक शिया हजारा मुसलमानको बाहुल्य रहेको छ । उक्त घटनाको जिम्मा कसैले लिएको छैन ।  काबुलमा भएको यो महिनाको दोस्रो घटना हो । अगष्ट ८ तारिखमा काबुलमा रहेको प्रहरी चौकीको बाहिरी क्षेत्रमा बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्