हङकङमा आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा सामाजिक संजालमा कडाई

<span class='c1'>हङकङमा आन्दोलनबारे गलत सूचना प्रवाह</span> <span class='c2'>गरेको आशंकामा सामाजिक संजालमा कडाई</span>

काठमाडौं । हङकङमा जारी सरकार विरोधी आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले सयौं अकाउण्ट बन्द गरिदिएको छ ।

आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निटक स्रोतहरुले अफवाह फैलाएको भन्दै त्यस्ता अकाउण्ट बन्द गरिएको फेसबुक र ट्वीटरले जनाएका छन् ।

ट्वीटरले चीनबाट सञ्चालित सयौं अकाउण्टमा हङकङ आन्दोलनबारे गलत सूचना प्रवाह गरेको प्रमाण भेटेको भन्दै ९ सय ३६ वटा अकाउण्ट बन्द गरिदिएको हो ।

ट्वीटरको यो कदमपछि फेसबुकले पनि त्यसबारे छानबिन गरेको जनाएको छ ।

फेसबुकले सात वटा पेज, तीन वटा फेसबुक च्याट समुह र पाँच वटा अकाउण्ट बन्द गरेको बिबिसीले जनाएको छ ।

आन्दोलन मत्थर पार्न चिनियाँ स्रोतहरुले सामाजिक सञ्जाललाई गुमराहमा राख्न खोजेको निष्कर्ष ट्वीटर र फेसबुकले निकालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्