खतरनाक दृश्य : कुकुर निलेर ओकल्यो अजिंगरले (भिडियो)

खतरनाक दृश्य : कुकुर निलेर ओकल्यो अजिंगरले (भिडियो)

एजेन्सी । भारतको राजस्थानमा १३ फीट लामो अजिंगरले एउटा भुस्याहा कुकुरलाई पूरै निलेर ओकलेको छ । यो खतरनाक दृश्यको भिडियो एक वन्यजन्तुप्रेमीले खिचेका हुन् ।

घाँसमा घस्रिँदै गरेको अजिंगर रोकिन्छ अनि कुकुरलाई ओकल्न थाल्छ । कुकुरलाई अजिंगरले टाउकोतिरबाट निलेको थियो । १४ सेकेन्डभित्र कुकुरको शरीर बाहिर निस्कन्छ ।

आफ्नो मोबाइल फोनमा भिडियो खिच्ने व्यक्तिले भने, ‘बुधवार बिहान हामीहरू पशु उद्धार कारवाहीमा व्यस्त थियौं । बाटोमा हामीले एउटा अजिंगरलाई मानिसहरूले सताइरहेको देख्यौं । हामीहरू अजिंगर नजिक पुग्दा उसले निलेको भुस्याहा कुकुर ओकल्दैथियो । अजिंगरलाई कुनै कुरा निल्न आधा घन्टा लाग्छ र उनीहरू आफ्नो मुखभन्दा ठूलो प्राणीलाई पनि निलिदिन सक्छन् ।’

‘अजिंगरलाई निलेको कुरा ओकल्न निकै शक्ति खर्च गर्नुपर्छ । उनीहरूले नजिकै शिकारी देखे भने ऊर्जा बचाउन आफूले निलेको शिकार ओकल्छन् अनि भाग्छन् ।’

हालैका दिनमा भारतका गाउँमा अजिंगरहरूले बोका र कुकुर निल्ने घटना बढेको छ ।

https://youtu.be/LuPgE2KmV9w

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्