कश्मीरको अवस्था अझै तनावग्रस्त, एक प्रदर्शनकारीको मृत्यु

कश्मीरको अवस्था अझै तनावग्रस्त, एक प्रदर्शनकारीको मृत्यु

एजेन्सी ।  भारतले संविधानको धारा ३७० र ३५ (ए) खारेज गरे यता कश्मीरको अवस्था अझै सामान्य बन्न सकेको छैन ।कश्मीरको विशेषाधिकार खोस्ने भारत सरकारको निर्णयपछि कश्मीरमा पछिल्लो समय प्रदर्शन बढ्दै गएको छ । दिनहु निस्कने प्रदर्शन नियन्त्रण गर्न भारत सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

बीबीसीका अनुसार प्रदर्शनकारीको प्रदर्शन रोक्न सुरक्षाकर्मीले अश्रुँग्यास प्रहार गर्ने गरेको छ । तर, अश्रुँग्यासले प्रदर्शन रोकिन सकेको छैन ।विशेषगरी टेलिफोन लाइन काटिएकोमा कश्मीरबासीको आक्रोश बढी छ । आफन्तसँग कुराकानी गर्न नपाएपछि कश्मीरबासी आत्तिएका छन् । बीबीसी हिन्दीले प्रशारण गरेको रिर्पोटअनुसार सुरक्षाकर्मीको अश्रुँग्यासकै कारण एक प्रदर्शनकारीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

इन्टरनेट नहुँदा बिरामीको उपचारमा समेत समस्या देखिएको छ । स्वास्थ्यकर्मीहरुले कश्मीरमा मानवीय संकटको अवस्था आइसकेको बताएका छन् । “मलाई थाहा छैन, इन्टरनेटबाट कति मानिसको ज्यान गइसक्यो । तर, इन्टरनेट नहुँदा उपचारमा समस्या देखिएको छ”, एक चिकित्सकले बीबीसीसँग भनेका छन् ।

https://www.youtube.com/watch?v=mV6WNFnH58c

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्