औषधी कम्पनी जोनसन एण्ड जोनसनलाई अमेरिकी अदालतद्धारा ५७ करोड ७२ डलर जरिवाना

औषधी कम्पनी जोनसन एण्ड जोनसनलाई अमेरिकी अदालतद्धारा ५७ करोड ७२ डलर जरिवाना

एजेन्सी । औषधी निर्माता कम्पनी जोनसन एण्ड जोनसनलाई अमेरिकी अदालतले ५७ करोड ७२ लाख डलरको जरिवाना सुनाएको छ ।
जोनसनले ओपियोडको लत लाग्ने संकट निम्त्याउन दोषी रहेको भन्दै अदालतले जरिवाना गराएको हो । जोनसन एण्ड जोनसनले दुखाइ रोक्ने औषधीको गलत प्रचार गरेर सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन सहयोग गरेको आरोप लागेको हो । तर कम्पनीले आफूहरुमाथि लगाइएको आरोप झुटो रहेको भन्दै त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ । ओपियोड निर्माता र वितरकविरुद्ध लगाइएका हजारौं मुद्धामध्ये सुनुवाइ भएको पहिलो मुद्धा रहेको बिबिसीले जनाएको छ । जनसन एण्ड जनसनले तिर्ने रकम ओपियोडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने अदालतले जनाएको छ । अमेरिकाको रोग नियन्त्रण निकायको तथ्यांक अनुसार सन् १९९९ देखि २०१७ सम्म ओपियोडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्