काठमाडाैं । हत्या प्रयासबाट जोगिएका आचार्य बालकृष्ण यही सेप्टेम्बर ४ तारिख अर्थात् भदौ १८ गते नेपाल आएका छन् । भारत अलावा नेपालमा समेत स्वास्थ्य अवस्थाको बारेमा गम्भीर चिन्ता हुन थालेपछि उनी नेपाल आउन लागेका हुन् ।
उनको साथमा केही सहयोगीसमेत नेपाल आउन लागेका हुन् ।‘नेपाल आएपछि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुहुनेछ’ –ट्रस्टी शालिकराम सिंहले भने ।
उनका अनुसार नेपालमा आयोजना गरिने केही कार्यक्रममा सहभागी हुने र योगपीठका प्रभारी, योग गुरुलाई आफ्नो धारणा सार्वजनिक गर्न नेपाल आउन लागेका हुन् । हिजो बुधबारबाट नियमितरूपमा कार्यालय हाजिर हुन थालेका आचार्यले ५ तारिखमा काठमाडौंमा हुने एक कार्यक्रममा अतिथिका रूपमा प्रवचन दिने कार्यक्रम रहेको छ ।
मण्डिखाटारस्थित आश्रममा बस्ने तयारी गर्नुभएका आचार्यले बाराको एक मन्दिरको समेत उद्घाटन गर्ने कार्यक्रम तय भएका सिंहले बताए ।
‘विशेष गरी आचार्य बालकृष्णका बारेमा चिन्ता गर्ने सबै नेपालीलाई आफू स्वस्थ छु भनेर जानकारी गराउने उनको मुख्य उद्देश्य हो।’ –नेपाल आउने उद्देश्यबारे जानकारी गराउँदै सिंहले भने ।
विशेष गरी बाबा रामदेव र आचार्य बालकृष्णले नेपाललाई तपोभूमिका रूपमा परिचय दिन पछिल्लो समय विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेका छन्। (नेपाल समाचारपत्रबाट)