अन्तरिक्षमा लडाई गर्ने अमेरिकी तयारी, ट्रम्प भन्छन् – अमेरिकालाई डेरा आँखाले हेर्ने पछुताउनेछन्

<span class='c1'>अन्तरिक्षमा लडाई गर्ने अमेरिकी तयारी, ट्रम्प भन्छन्</span> <span class='c2'>– अमेरिकालाई डेरा आँखाले हेर्ने पछुताउनेछन्</span>

एजेन्सी । अमेरिकाले 'भविष्यको युद्ध क्षेत्र'का रूपमा अन्तरिक्षमा आफ्नो हितको सुरक्षार्थ अन्तरिक्ष कमाण्डको स्थापना गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार आधिकारिक रूपमा अन्तरिक्ष कमाण्डको शुरुवात गरे । अमेरिकी सेनाका जनरल डब्ल्यु रेमण्डलाई नवगठित अन्तरिक्ष कमाण्डको नेतृत्व दिइएको छ । अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसको रोज गार्डनमा आयोजित समारोहमा बोल्दै ट्रम्पले भने, 'यो ठूलो पहल हो । नवगठित अन्तरिक्ष लडाकु कमाण्ड 'स्पेसकम' अन्तरिक्षमा अमेरिकी हितको रक्षा गर्नेछ, जुन भविष्यको युद्धक्षेत्र हो ।'

उक्त समारोहमा उपराष्ट्रपति माइक पेन्स, रक्षामन्त्री मार्क एस्पर पनि उपस्थित थिए ।

ट्रम्प प्रशासनको के बुझाई छ भने रुस र चीन अन्तरिक्षमा अमेरिकालाई सम्भावित खतरा पैदा गर्न सक्छन् । समारोहमा ट्रम्पले भने, 'अब जो कसैले अमेरिकाको अहित गर्ने मनासय राख्छ, हामीलाई अन्तरिक्षमा चुनौती दिने कोशिस गर्छ उसले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।' -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्