वि.सं. २०४० सालमा बेलायती युवराज चार्ल्स पहिलो पटक पुगेपछि चार्ल्स प्वाइन्टको नामबाट परिचित धनकुटाको भेडेटारस्थित टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बैशाख १२ मा गएको भुकम्पपछि बन्द रहेको उक्त टावरको निर्माणको काम चलिरहेको छ ।
टावरलाइ अझ व्यवस्थितरुपमा संचालन गर्न पूर्वाधार अत्याधुनिक बनिरहेको देखिन्छ । भेडेटारमा हाल दैनिक एक सय बढि पर्यटक पुग्ने गर्दछन् ।
पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटारभ्यू टावर उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ।
यस्तो बन्दैछ भेडेटारको चार्ल्स प्वाइन्ट टावर :