सुनसरीको बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन, नहर र बाटो उच्च जोखिममा

<span class='c1'>सुनसरीको बर्जुमा भरौट प्रसोधनको नाममा खोला</span> <span class='c2'>दोहन, नहर र बाटो उच्च जोखिममा</span>

अकबर अलि

सुनसरी भदौ १६ , 

सुनसरीको बर्जु २ स्थित केसलिया खोलामा भरौट प्रसोधनको नाममा नदि दोहन हुँदा समेत जनप्रतिनिधि तथा प्रहरी मुकदर्शक तथा मौन रहेको पाइएको छ । अवैधरुपमा भरोट प्रशोधन गर्दा केसलिया खोला छेवमै रहेको नहर तथा बाटो उच्च जोखिममा रहेको छ ।

स्थानिय दिनेश्वर मण्डलले भने प्रहरी र जनप्रतिनिधिहरुलाइ समेत यस बिषयमा जानकारी गरायौं तर केहि चासो राखेनन । उनले भने बाटो र नहर समेत भासिन लाग्यो जसले गर्दा किशानहरु ठुलो मार्कामा पर्न सक्ने बताए । खोला उत्खनन गरेर जनतालाइ दुख दिन लाइसेन्स दिएको भन्दै स्थानियहरु आक्रोसित भएका छन । खोलामा गहिरो भंगालो बनाउँदा समेत बर्जु गाउँपालिका वेखवर रहेको छ । बर्जु २ स्थित वेलगछिया बस्ती छेवमा रहेको केसलिया खोलामा बाटो र नहर समेत उत्खनन हुँनेगरि गहिरो भंगालो बनाउँदा समेत वडा कार्यालय र बर्जु गाउँपालिकाले वास्ता नगरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।

खोलामा द्रैनिक १५० भन्दा बढी ट्रयाक्टरमा माटो लगेर बाटो र नहर खराव पारेको भन्दै स्थानियहरुले गुनासो पोखेका छन । केसलिया खोलामा ठाउँ–ठाउँमा गहिरो भंगालो बनाएकोले बाढी आउँदा पुरै गाउँनै उच्च जोखिममा पर्ने हुँदा वेलैमा सरोकारवालाहरुले ध्यान दिनु पर्ने उनिहरु वताउछन । खोला छेवबाट २०० मिटर भित्र माटो उत्खनन गर्न न पाउँने ऐनमै उल्लेख भएपनि तथा असार देखि भदौ महिना सम्म खोला उत्खनन पूर्णरुपमा बन्द हुँने कानूनी प्रावधान रहेपनि प्रहरी तथा जनप्रतिनिधिकै अगाडी खुल्लम खुल्ला तिव्ररुपमा खोला दोहन भइरहेको छ । संचारकर्मीहरुको रिपोटिङको क्रममा रावे प्रहरी चौकीकै अगाडीबाट २ ओटा ट्रयाक्टरहरु लामबद्ध भएर जाँदा समेत प्रहरी मुकदर्शक भएको पाइएको थियो ।

सो बिषयमा रावे प्रहरी चौकी इञ्र्चाज डम्बर बहादुर गौतमसँग बुझ्दा पटक–पटक कारवाही गर्दा समेत न मानेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्