विराटनगरको कोशी एफएमबाट पत्रकारिता शुरु गरेका तिमल्सिना क्यानडामा सम्पादक

<span class='c1'>विराटनगरको कोशी एफएमबाट पत्रकारिता शुरु</span> <span class='c2'>गरेका तिमल्सिना  क्यानडामा सम्पादक</span>

क्यानडा । क्यानडाको टोरोन्टोबाट संचालन भइरहेको नेपाली तथा अंग्रेजी समाचारमुलक अनलाइन न्यूज पोर्टल क्यानडाखबर डट कमको सम्पादकमा नेपालका पूर्व पत्रकार एवं टिभि जर्नलिष्ट बद्रि तिमल्सिना नियुक्त भएका छन् ।

नेपालमा झण्डै डेढ दशकको समयसम्म विभिन्न रेडियो, टेलिभिजन र अनलाइनमा काम गरिसकेका तिमल्सिना यसअघि पनि क्यानडामा रहेर नेपाली समुदायको विकासका लागि कलम चलाउदै आएका थिए । अंग्रेजी साहित्य र पत्रकारिताको विद्यार्थी तिमल्सिनाले विराटनगरस्थित कोशि एफएमबाट पत्रकारिता करियर सुरु गरेका थिए ।काठमाण्डौस्थित नेपाल एफ एम र गोर्खा एफ एममा समाचार बाचक र समाचार सम्पादन गरेका तिमल्सिना पछिल्लो समयमा न्यूज २४ टेलिभिजनमा समाचार शाखामा कार्यरत थिए । क्यानडामा रहेका नेपाली समुदायसंग सहकारकार्य गर्दै निष्पक्ष र समसामयिक विषयमा कलम  चलाउने तिमल्सिनाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्