अमेरिकामा दुर्घटनामा ज्यान गुमाएका विराटनगरका खनाल परिवारको उतै दाहसस्कार गरिने

<span class='c1'>अमेरिकामा दुर्घटनामा ज्यान गुमाएका विराटनगरका</span> <span class='c2'>खनाल परिवारको उतै दाहसस्कार गरिने</span>

विराटनगर । अमेरिकामा भएको एक सडक दुर्घटनामा परी ज्यान गुमाएका नेपाली परिवारको उतै दाहसस्कार गरिने भएको छ । गत मंगलबार राति अर्थात नेपाली समय अनुसार बुधबार विहान अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि विराटनगर २ सोमबारेका गोविन्द खनाल , शान्ता खनाल र छोरी श्रद्धा खनालको ज्यान गएको थियो ।
ट्राफिक सिग्नलमा रोक्ने क्रममा पछाडीबाट ठक्कर दिँदा ३ जनाको ज्यान गएको थियो । मृतक खनाल परिवारमा २ छोरा र २ छोरी रहेका थिए । केही समय अगाडी श्रद्धालाई डिभी परेपछि उनले आमा बुबालाई टुरको लागी बोलाएकी थिईन् ।
श्रद्धा अमेरिकको मिजोरी सहरमा बसोबास गर्दै आएका सफ्टवेयर ईन्जिनियर प्रभाश ओझासँग विवाह भएको थियो । उनीहरुको एक छोरा पनि छन् ।
मृतक गोविन्दका ९७ वर्षिय पिता नन्दकेशर खनाल विराटनगरमा नै छन् । यो घटनाले मृतकको अमेरिकामा भएको परिवारमा मात्र हैन विराटनगरबासीसँगै अमेरीकामा बस्दै आएका नेपालीलाई समेत दुखित बनाएको छ ।
गोविन्द र शान्ता दुवै जना दशैंमा घर फर्कने तयारीमा थिए । गोविन्द खनाल ज्योतिषी काम पनि गर्दर्थे ।
विराटनगरको पिपल चोक स्थित लक्ष्मी नारायण मन्दिरका उपाध्यक्ष समेत रहेकाका खनाल ख्याती कामएका ब्यक्ति हुन् । उनीहरुको शव ल्याउन समस्या हुने भएकाले अन्तिम संस्कार उतै गरिने परिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्