नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले नेपाल डे मनाउने

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले नेपाल डे मनाउने

टोरोन्टो, २४ भदौ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा नेपाल डे मनाउने भएको छ । यहि सेप्टेम्बर महिनाको १९ का दिन विभिन्न स्थानिय नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्रवक्ता खतिवडाले बताए । यसकार्यक्रमबाट क्यानडेली पर्यटकहरुलाई नेपालबारे जानकारि गराइने र नेपाल जान उनिहरुलाई प्रेरित गरिने बताइएको छ । यसअघि नेपाल पर्यटनबोर्ड क्यानडा लगायतका संघसंस्थाहरुले ब्राम्पटन र मिसिसागा शहरमा गुड्ने सार्वजनिक बसहरुमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि व्यानरहरु टासेर क्यानडामा सुरुवात गरिसकेका छन् । अहिले यि सहरहरुका वसमा नेपाल सम्बन्धि व्यानरहरु धेरैजसोमा देख्न सकिन्छ ।

यसैविच गैर आवासिय नेपाली संघ एनआरएनए क्यानडाका नवनिर्वाचित प्रतिनिधिहरुले औपचारिकरुपमा कार्यभार सम्हालेसंगै कार्यसमितिमा थप नयां सदस्यहरु थपिएका छन् । ब्राम्पटन शहरस्थित एभरेष्ट तेक्वान्दो हलमा आयोजित हस्तान्तरण कार्यक्रमपछि बसेको कार्यसमितिको बैठकले विभिन्न क्षेत्रका लागि संयोजक र केही सल्लाहकार नियुक्त गरेको छ । यसरी नियुक्त हुनेहरुमा मिडिया संयोजकमा पत्रकार बद्री तिमल्सिना, पर्यटन समितिको संयोजकमा प्रदिप मरहठ्ठा र आर्थिक समितिको संयोजकमा व्यवसायी अमृतो भट्टराई रहेका छन् भने स्वास्थ्य सम्बन्धिमा सुरेश गौतमलाई संयोजक तोकेको छ ।

क्यानडा खबरका हाल सम्पादक रहेका पत्रकार तिमल्सिना नेपालका नेपाल एफ एम नेटवर्क, गोर्खा एफ, कोशी एफएम, न्यूज २४ टेलिभिजन जस्ता संचारगृहमा समाचार वाचन तथा सम्पादन गरिसकेका व्यक्ति हुन् । नव निर्वाचित अध्यक्ष चिरन्जिवी घिमिरेको अध्यक्षतामा बसेको वैठकले यसअघिको कार्यकालमा कानूनी सल्लाहकार रहेका अतुल सुवेदीलाई यसपटक पनि निरन्तरता दिएको प्रवक्ता दिनेश खतिवडाले जानकारी दिए । बैठकपछि अध्यक्ष घिमिरे र निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले मनोनित हुने सबै संयोजक तथा सल्लाहकारलाई बधाइ तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्