जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको शव स्वदेशतर्फ लगिदै

जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको शव स्वदेशतर्फ लगिदै

सिंगापुर । जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको शव बुधबार निजी विमानमार्फत् सिंगापुरबाट स्वदेशतर्फ लगिएको छ । उनको गएको हप्ता उपचारका क्रममा सिंगापुरमा ९५ वर्षको उमेरमा निधन भएको थियो ।

जिम्बाब्वे सन् १९८०मा स्वतन्त्र भएपछिका मुगाबे पहिलो नेता हुन् । उनी सन् २०१७ मा सैनिक कू मार्फत हट्नुअघि जिम्बाब्वेको सत्तामा निरन्तर ३७ वर्षसम्म रहेका थिए । उनको आउँदो शनिबार राष्ट्रिय सम्मान गरिएपछि आइतबार अन्त्येष्टि गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्