समन्यतया पेट फुल्ने समस्या अस्वस्थकर खानपान, अपच तथा ग्यास्ट्रिकका कारणले हुने गर्छ । त्यस्तै कुनै खालको बिमारीको कारण पानि पेट फुल्ने समस्या देखा पर्छ । पेट फुलेर डम्म हुने र अप्ठ्यारो अनुभव हुने हुँदा यस्तो समस्याले छटपटी हुने पनि हुन्छ ।
खासमा पेट फुल्नुको कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याहरुको कारणले पनि हुन सक्छ । कलेजोमा कुनै इन्फेक्सन तथा हेपटाइटिस लगाएतका रोगहरुको कारणले पनि यो पेट डम्म हुने र फुल्न गर्दछ।
हामी तपाईलाई यस्ता खानेकुराहरुको बारेमा जानकारी गराउदै छौ । जसबाट तपाईले पेट फुल्ने तथा डम्म हुने समस्याबाट मुक्ति पाउनु हुनेछ ।
१. ज्वानो खानुहोस्
यसको प्राकृतिक डाइयुरेटिक गुणले पेटमा जमेको एक्स्ट्रा पानी र ग्याँसलाई तुरुन्तै निकाली दिन्छ ।
२. पानी धेरै पिउनुहोस्
दिन भरमा ८–१० गिलास पानी पिउनाले पाचन प्रणाली राम्रो हुन्छ । पेट फुल्ने समस्याबाट राहत मिल्छ ।
३. दही खानुहोस्
यसमा हुने प्रोबायोटिक्स गुड ब्याक्टेरियाले पेटमा फसेको ग्याँसलाई बाहिर निकालिदिन्छ ।
४. फाइबर धेरै हुने खाना खानुहोस्
गहुँको पिठो, दालहरु जस्ता फाइबर धेरै हुने खाना खानाले पेट सफा हुन्छ । ग्यास्ट्रिकको समस्या हुँदैन् ।
५. खाना राम्रोसँग चपाएर खानुहोस्
छिटोछिटो खाना खाने गर्नाले राम्रोसँग पच्दैन । ग्याँस बन्छ र पेट फुल्छ त्यसैले खाना राम्रोसँग चपाएर खानुहोस् ।
६. नरिवल पानी पिउनुहोस्
यो प्राकृतिक डाइयुरेटिक र लेक्सेटिभ हुन्छ । यसले पेट सफा राख्छ र सोडियम सन्तुलनमा राख्छ । काँचो नरिवलको पनि पोटासियम प्रशस्त मात्रामा पईन्छ । जसले शरिरमा सोडियमको मात्रालाई सन्तुलनमा राख्न कार्यमा सहयोग गर्दछ ।
७. चिया कफि कम गर्नुहोस्
यसमा हुने क्याफिन र पोलिफेनोल्सले ग्यास्ट्रिक एसिड बनाएर पेट फुलाउँछ ।
८. सोडा वा कोल्ड ड्रिङ्क्स नपिउनुहोस्
यसमा हुने एसिडिक गुण र कार्वनडाइअक्साइड ग्याँसले पेट फुलाउँछ ।
९. नुन कम खानुहोस्
यसमा सोडियम हुन्छ जसले तरल पदार्थलाई सोसेर पेट फुलाउँछ ।
१०. पोटासियम धेरै हुने खानेकुरा खानुहोस्
केरा, पालक, मेवा, सुन्तला, टमाटर जस्ता फलफूल र सागसब्जी खानाले सोडियम ब्यालेन्स हुन्छ ।
११. कागती पानी
कागती पानीले पेटलाई सफा राख्नुको साथै सरिरको लागि अनावस्यक पानि तथा ग्यांस निकाल्ने सबैभन्दा राम्रो मानिन्छ ।
१२. अदुवा
खाएको कुरा नपच्ने (अपच ) को औषधी अदुवा जस्तो अरु केहि हुनसक्दैन । यसमा पाईने एन्टी इन्फ्लेमेटरी तत्वको कारणले पेटले राहतको अनुभती हुने गर्दछ ।
१३. केरा
केरामा पाइने प्रशस्त पोटासियमले शरिमा सोडियम सन्तुलित गरि पेटको फुल्ने प्रक्रियामा कम गर्ने कार्य गर्दछ ।
१४. फर्सी
यसमा भिटामिन ए, पोटाशियम र फाइबर पाइन्छ। यसले पाचन प्रक्रिया ठिक बनाउँछ ।