काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ ।
१३४ किलोमिटर लामो उक्त तालकोे उत्तरी किनार नजिक चीन र भारतबीचको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) क्षेत्रमा झडप भएको बताइएको छ । तालको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा रहेको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।