पाकिस्तानका प्रधानमन्त्री इमरान खान भन्छन “भारतसँग युद्ध हुन सक्छ”

पाकिस्तानका प्रधानमन्त्री इमरान खान भन्छन “भारतसँग युद्ध हुन सक्छ”

इश्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध हुन सक्ने बताएका छन् । अलजजीरा टीभीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री खानले शनिबार दुई देशबीच युद्धको खतरा रहेको स्वीकारसमेत गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्रीले काश्मीरको मामिलालाई लिएर सोधिएको प्रश्नमा भनेका छन्,“काश्मीरमा ८० लाख मुश्लिम पछिल्ला ६ हप्तादेखि कैदमा रहेका छन् । भारत पाकिस्तानले आतंकवाद फैलाएको भनेर काश्मीर मामिलाबाट विश्वको ध्यान मोड्न खोजिरहेको छ । पाकिस्तानले कहिले पनि युद्धको शुरुवात गर्दैन । म युद्ध विरोधी हुँ । मेरो मान्यता छ कि युद्ध कुनै पनि समस्याको समाधान होइन ।”उनले दुई आणविक शक्ति सम्पन्न मुलुक आपसमा टकराएको अवस्थामा परिणाम कल्पनासमेत गर्न नसकिने खालको हुने समेत जनाएका छन् । (बीबीसीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्