मोदीलाई अमेरिका जान पाकिस्तानले एयर स्पेस नदिने

मोदीलाई अमेरिका जान पाकिस्तानले एयर स्पेस नदिने

इश्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतीय प्रधानमन्त्रीको विदेशयात्राका लागि पाकिस्तानी आकाशमार्ग प्रयोगको अनुमति मागेपनि आफूहरुले नदिएको बताएका छन् ।

उनले भनेका छन्, ‘‘हिन्दुस्तानका प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको एयर स्पेस हुँदै जान चाहेका थिए । त्यसका लागि हामीलाई दरखास्त हालिएको थियो ।  काश्मीरको हालतलाई देखेर हामीले इजाजत नदिनै निर्णय गरेका छौं ।’’

मोदी भालि शनिबार अमेरिका जाँदैछन् ।अमेरिकामा उनी पर्सि आइतबार ह्युस्टनमा हुने ‘हाउडी मोदी’ कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । सो कार्यक्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पपनि सहभागी हुने जनाइएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दको यस अघि भएको युरोप भ्रमणका क्रममा पनि पाकिस्तानले एयर स्पेस दिएको थिएन । गएको जुलाई महिनामा भारतका प्रधानमन्त्री मोदी विश्केक जानको लागि पाकिस्तानको वायु क्षेत्र छोडेर ओमान र इरानको वायुक्षेत्र हुँदै त्यसतर्फ गएका थिए ।

जुलाईमा पनि पाकिस्तानले पुलवामा हमला र  बालाकोट एयरस्ट्राइकका कारण उत्पन्न तनावले पाकिस्तानले एयरस्पेस बन्द गरेको थियो । अहिलेको तनाव काश्मीर सम्बन्धी संविधानको धारा ३७० खारेज गर्ने भारतको निर्णयपछि उत्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्