फेसबुकका कर्मचारीले चार तलाबाट हाम फालेर आत्महत्या गरे

फेसबुकका कर्मचारीले चार तलाबाट हाम फालेर आत्महत्या गरे

वासिंटन : फेसबुकका एक कर्मचारीले यसको मुख्यालयबाटै हाम फालेर आत्महत्या गरेका छन् ।

प्रहरीले उक्त घटनालाई आत्महत्या भएको पुष्टि गरेको हो । ती कर्मचारी क्यालिफोर्नियास्थित मेन्लो पार्कमा कार्यालयको चौथो तलाबाट फाल हालेका थिए ।

फेसबुक कम्पनीले भने ती व्यक्ति आफ्नो कर्मचारी भएको र घटनाबारे अनुसन्धानमा प्रहरीलाई सहयोग गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्