जब सामाजिक विकास मन्त्री घिमिरे विराटनगरमा मानशिक रोगी खोज्न निस्किए,एकजनाको उद्दार

जब सामाजिक विकास मन्त्री घिमिरे विराटनगरमा मानशिक रोगी खोज्न निस्किए,एकजनाको उद्दार

विराटनगर । शनिवार विहान करिब ७ बजेर ३० मिनेट गएको थियो । सिप विकास तालिम केन्द्रमा रहेको प्रदेश सरकारका मन्त्री जीवन घिमिरेको निवासमा निक्कै चहलपहल थियो । केही बेरमै मन्त्री घिमिरे सहित सामाजिक विकास मन्त्रालयका सचिव विरबहादुर राई र प्रहरी निरीक्षक सहितको टोली त्यहाँबाट निस्कियो । मन्त्री घिमिरेको निवासको उत्तर पस्चिमपट्टी एक हुल मानिसहरु थिए । त्यहा केही पत्रकार, केही स्थानीयहरुको भिड देख्दा लाग्थ्यो, पक्कै यहाँ केही भएको छ ।

त्यहाँ पुगेका संचारकर्मीहरु पनि के भएको होला भन्नेमा थिए । एक्कासी सचिव र मन्त्रीको गाडी देखेका स्थानीयले किन आएका होलान् भन्ने सोधीखोजी गर्दै थिए । अनी केहीले भने अब प्रदेश सरकारले गाउँ र सहरमा भएका मानशिक सन्तुलन गुमेका ब्यक्तिहरुको उद्दार गर्ने रे भनेर कुराकानी गर्दै थिए । त्यही बिचमा देखिईन् एक महिला ।

यसरी भयो महिलाको उद्दार
गाडी सहितको विराटनगर महानगरपालिका वडा नम्बर ३ मा रहेको हस्तबहादुर कार्कीको घरमा पुगेको टोलीले त्यहाँ मानशिक रुपमा अस्वास्थ महिलालाई खोज्यो, उनी बाहिर थिईन् । दुर्गा कार्की हरेक दिन बिहान गाउँ घुम्न निस्कीने भएकोले त्यहाँ थिईनन् । केहीबेर पछि करिब ४५ बर्षिय ती महिला आईपुगिन् । बि.सं. २०४९ सालदेखि उनी मानशिक रोगी बन्न पुगिन् । उनी अस्वस्थ भएपछि परिवारले उपचारको लागि काठमाडौँ लगे तर उपचार सफल भएन । अनी नेपालमा उपचार नहुने भयो भन्ने लागेर ती महिलालाई परिवारका सदस्यले राँची लग्यो त्यहाँ पनि उपचार संभव नभएपछि फर्काएर ल्याएको परिवारका सदस्य बताउँछन् ।

संस्थाबाट मानशिक रोगी भएकाहरुलाई उपचार गर्न मन्त्री ज्युले सहयोग गर्ने भनेर सबै टोली नै आएपछि पठाउन लागेको उनका श्रीमान हस्तबहादुर कार्कीले बताए । ति महिलाका जेठा छोरा ३३ बर्षका छन् । उनका २ भाई छोरा एउटी छोरी हुन् । उपचार गर्नका लागि धेरै ठाउँमा लगेर पनि आर्थिक रुपमा समस्याले गर्दा उपचार हुन नसकेको कार्कीले जानकारी दिए ।

अर्की महिलाको उद्दार असफल
एकैछिन पछि मन्त्री घिमिरेका स्वकीय सचिवलाई फोन आयो, ‘गाउँमा अर्की एउटा महिला पनि मानशिक रुपमा समस्यामा छिन् ।’ दुर्गाको उद्दार गरेको मन्त्री सहितको टोली त्यो महिला भएको ठाउँमा गयो । गाउँमा अलिक धेरै मान्छेहरु आएको थाहा पाउने बितिकै भाग्ने खालकी ती महिलालाई खोज्न गाउँका केही ब्यक्तिहरुसँगै अधिकारकर्मी कोषराज न्यौपाउने तथा मञ्जीता उपाध्याय पनि थिए।
ति महिला हुन्, उमेर हेर्दा करिब ६५ बर्षको जस्तो देखिने सितादेबी ओझा । स्थानीयका अनुसार, उनका श्रीमान् पनि बिते । एउटा छोरा थिए ति पनि बिते । अहिले उनका तीनवटी छोरी छन् । उनी ति छोरीहरुकोमा पनि जाँदिनन् । उनको मानशिक स्वास्थ्य बिग्रिएको करिब १६ बर्ष भएको स्थानीय बताउँछन् ।

उनलाई उद्दार गर्न लागिएको अबस्थामा उनले आफु कुनैपनि हालतमा नजाने बताईन् । गाउँका धेरै मान्छेहरु उनलाई उद्दार गरेर उपचारको लागि लग्न सके निको हुनेमा विस्वस्त थिए । तर एक÷दुईजना ब्यक्ति ति महिलाले नमान्दा नमान्दै किन लग्नु भन्दैथिए । यी सबै गतिबिधि मन्त्रीले नियाली रहेका थिए । सबैको कुरा सुनेका मन्त्री घिमिरे सहित सचिव विरबहादुर राईको टोली अर्को पटक महिला प्रहरी लगेर उद्दार गर्ने रणनीतिका साथ फर्कियो ।

संस्थाको जिम्मा
उद्दार भएकी महिलालाई संस्थाको जिम्मा लगाईएको छ । परिवार नहुने ब्यक्तिलाई परिवारको सदस्यको रुपमा काम गर्दै आएको भनिएको संस्था मानव सेवा आश्रम बिराटनगरको संरक्षणमा राखिएको छ ।
देशभर करिब ८ सय जना बिभिन्न महिला पुरुषलाई सेवा गरिरहेको जनाएको आश्रमको विराटनगरस्थित आश्रममा भने ३ जना पुगेका छन् । परिवारले जति एउटा परिवारलाई मायाँ गर्छ त्यही अनुसारको सेवा, औषधि उपचार र मायाँ ममतामा उनीहरुको उपचार हुने विराटनगरको मानव सेवा आश्रमका सेवक नवराज केसीले बताए । आश्रमलाई प्रदेश सरकार र स्थानीय पालिकाले पनि सहयोग गरेको छ ।

विराटनगर महानगरपालिकाले यस बर्ष १० लाख बजेट छुट्याएको छ । प्रदेश सरकारले पनि आबस्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको केसीले बताए ।

प्रदेश १ लाई सडक मानव रहित बनाईने
प्रदेश सरकारले नीति कार्यक्रम ल्याउने क्रममा १ नम्बर प्रदेशमा सडक मानव सहित प्रदेश बनाउने भन्ने घोषणा गरेको छ । अहिले सरकार त्यही कार्यन्वयन गर्ने अभियानमा रहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । ‘मानशिक रोगीको समस्या गम्भीर र बिकराल देखिएको छ, मन्त्री घिमिरेले भने, महिलाको हकमा उनीहरुमा हिंसाका घटना पनि बढी देखिएको छ ।’ पहिलो चरणमा महिलाको उद्दारलाई प्राथमिकतामा राखिएको छ । भोजपुरमा मानशिक सन्तुलन गुमाएकी एक महिलाले बच्चा पाएर अलपत्र अबस्थामा रहेको कुरा बाहिर आएपछि केही दिन अघि मात्र उद्दार भएको छ ।मनशिक रोगी सडक आश्रीत महिलालाई पहिलो प्राथमिकतामा राखेर उद्दारको काम शुरु भएको मन्त्री घिमिरेले बताए । पहिलो चरणमा महिलालाई प्राथमिकतामा राखिएको भएपनि मानिशक रोगीहरु जो सडकमा छन् सबैको उद्दार गर्ने र सडकमा रहेका बालबालिकालाई पनि संरक्षण गर्ने गरी ब्यवस्थापनको काम शुरु हुने मन्त्री घिमिरेको दाबी छ ।
यसरी उद्दार भएका ब्यक्तिहरुलाई साझेदार संस्थाहरुसँगको सहकार्यमा संरक्षण दिएर उपचार गराउने प्रदेश सरकारको योजना छ । सरकारले मात्र केही गर्न नसक्ने भन्दै त्यसको लागि सबै स्थानीय पालिका, बिभिन्न संघ संस्था तथा सहयोगी हातहरुलाई सहयोग गर्न मन्त्रीले आब्हान गरेका छन् । सबै जागरुक भएर लाग्ने हो भने यस्ता समस्या समाधान गर्न सकिने मन्त्री घिमिरेको विस्वास छ ।आश्रममा राखेर उपचार गर्ने खालका मानशिक रोगीलाई आश्रममै राखेर उपचार गराउने र अस्पतालमा लगेर चिकित्सकको निगरानीमा उपचार गर्नु पर्ने अबस्थाका रोगीलाई अस्पतालमा लगेर उपचार गरिने मन्त्री घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्