इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

<span class='c1'>इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २०</span> <span class='c2'>को मृत्यु, दर्जनौँ घाइते</span>

जकार्ता- इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो ।

“मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ,” पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए ।

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । भवनहरूको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्नसक्ने प्रारम्भिक सूचना आफूले पाएको  दारियन्तोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्