टर्कीमा बम विस्फोटन , पाँच जना घाइते

<span class='c1'>टर्कीमा बम विस्फोटन ,</span> <span class='c2'>पाँच जना घाइते</span>

अंकारा, असोज ८ गते । टर्कीको अडाना प्रान्तमा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको विस्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले घाइते भएकाहरुमा एक जना प्रहरी अधिकृत रहेको जानकारी दिँदै अरु घाइतेहरु सामान्य अवस्थामा रहेको बताउनुभयो । घाइते भएका अरु चार जना बाटोमा हिँड्ने पैदल यात्रु रहेको गभर्नर डेमिर्टासले जानकारी दिनुभयो ।

टर्किस सञ्चार माध्यमले बसमा क्षति पुगेको तस्वीर सार्वजनिक गरेका छन् । गभर्नर डेमिर्टासले बम विस्फोटन गराउने समूहका बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

टर्कीमा सन् २०१५ र २०१६ मा शृंखलाबद्ध बम आक्रमण भएका थिए जसका कारण सयौं व्यक्ति मारिएका थिए । यी आक्रमणहरु अतिवादी इस्लामिक स्टेट्स समूह र कुर्दिस विद्रोही समूहले गरेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्