पुच्छर सहितको बच्चा जन्मिएपछि अस्पतालमा हेर्नेको भीड

पुच्छर सहितको बच्चा जन्मिएपछि अस्पतालमा हेर्नेको भीड

एजेन्सी– भारतको नोयडास्थित एक अस्पतालमा पुच्छर सहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ । अस्पतालका कर्मचारी अनि त्यस ठाउँका अन्य मानिस पनि बच्चा हेर्न आउन थालेपछि चिकित्सकहरूले बच्चा सहित मातापितालाई घर पठाएका छन् ।

बच्चोको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको थियो । चिकित्सकका साथै परिवारका मानिस पनि यो देखेर छक्क परे । यस्तो घटना जम्मा १ प्रतिशत देख्न पाइने चिकित्सक डा अनुराग भार्गवले बताएका छन् । कन्जेनाइटल एब्नर्मालिटीका कारण यस्तो हुने उनको भनाइ छ ।

बच्चा पूर्ण रूपमा स्वस्थ रहेको र आमाको दूध पिइरहेको चिकित्सकले बताए । पुच्छरले कुनै खतरा नगर्ने र बच्चालाई पछि शल्यक्रिया गरेर अतिरिक्त मासुको टुक्रा हटाइने उनको कथन छ । त्यसले बच्चाको जीवनमा कुनै प्रभाव नपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्