विहेको खर्च जुटाउन बेहुलाले बैँक लुटे

विहेको खर्च जुटाउन बेहुलाले बैँक लुटे

एजेन्सी । अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्तिले आफ्नो मग्नीसँग बिहे गर्नका लागि बैंक नै लुटेका छन् । ह्युस्टनभन्दा करीब १२० किलोमिटरको दुरीमा रहेको ग्रोवेटनमा ३६ बर्षीय हिथ बन्पसले आफ्नो बिहेको खर्च उठाउनको लागि भन्दै बैंकमा चोरी गरेका छन् । खासगरि हिथसँग औँठी किन्ने र रिसेप्सन खर्च उठाउने रकम थिएन । प्रहरीका अनुसार बिहेको खर्च जुटाउनकालागि उनले चोरी गरेका हुन् । जब पछि यो घटना आफ्नी हुनेवाला मग्नीले थाहा पाईन् तब उनले हिथलाई आत्मसमर्पण गर्न आग्रह गर्दै उनलाई मनाएकी थिईन् । प्रहरी अधिकारीका अनुसार आफ्नी मग्नीले मनाएकापछि उनी आत्मसमर्पण गर्न तयार भएका थिए । यसका साथै हिथले प्रहरीलाई बिहेको औँठी किन्न्का लागि र विवाहको समारोहको खर्चका लागि पैसा नभएको कारण बैंक लुटेको स्वीकार पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्