विवाह अघि नै गर्भपतन गरेको अभियोगमा पत्रकार महिलालाई एक वर्ष जेल !

विवाह अघि नै गर्भपतन गरेको अभियोगमा पत्रकार महिलालाई एक वर्ष जेल !

मोरक्को,  (बीबीसी)। मोरक्कोका एक पत्रकार महिलालाई विवाह पहिलाको यौन सम्बन्ध र गर्भपतनको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ । अदालतको पछिल्लो आदेशप्रति अधिकारकर्मी र पत्रकारले आपत्ति जनाएका छन् ।

अभियन्ताहरुले आफ्नो विरोध गर्ने पत्रकारलाई फसाउनका लागि सरकारले अदालतमार्फत् यस्तो फैसला गराएको आरोप लगाएका छन् । हजर राइसोउनी नामकी पत्रकारलाई उनका केटा साथीसहित गाइनोकोलोजिस्ट क्लिनिकबाट निस्कने बेलामा गएको अगस्टमा प्रहरीले राजधानी राबतबाट पक्राउ गरेको थियो ।

२८ वर्षीया ती महिला पत्रकारले आरोप अस्वीकार गरेकी छन् । उनी सो दिन ब्लिडिङ्ग भएका कारण उपचार गर्न गएको जनाएकी छन् । उनी एक स्वतन्त्र समाचारपत्रमा काम गर्दै आएकी थिइन् । उनी सरकारी अधिकारीका गतिविधिप्रति आलोचक रहँदै आएकी थिइन् ।

उनको बारेमा राज्यले अघि बढाएको गतिविधिलाई लिएर पत्रकारहरुले यो राजनीतिक ‘ट्रायल’ भएको भन्दै आलोचना गरेका छन् । उनका केटा साथी सुडानी नागरिकले पनि सो दिन गर्भपतन गराएको भन्ने कुरा अस्वीकार गरेका छन् । सोमबार भएको फैसलामा पत्रकारका केटा साथीलाई एक वर्षको र चिकित्सकलाई दुईवर्षको जेल सजाय तोकिएको छ ।

हुमन राइट्स वाचका क्षेत्रीय निर्देशक अहमद बेन्चेम्सीले अदालतको सो फैसला भएको दिन मोरक्कोको स्वतन्त्रतामा कालो दिन भएको बताएका छन् । पत्रकार महिलाका वकिलले भने अदालतको सो आदेशको विरुद्धमा पुनरावेदन गरिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्