अमेरिकामा फेरी दुर्घटनमा परि २ नेपालीको मृत्यृु ४ घाईते

अमेरिकामा फेरी दुर्घटनमा परि २ नेपालीको मृत्यृु ४ घाईते

विराटनगर , २७ असोज   l कार दुर्घटनामा परी अमेरिकामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनिहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा २२ वर्षीया सिर्जना विश्वकर्माको अवस्था गम्भीर रहेको र उनको माउन्ट कार्मल अस्पतालमा उपचार भइरहेको स्थानीय समाचार संस्था डब्ल्युएमसएचले जनाएको छ । दुर्घटना तीन वटा गाडी एकआपसमा ठोक्किएर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्