वृद्धाको पेटमा ४० वर्ष पुरानो बच्चा

वृद्धाको पेटमा ४० वर्ष पुरानो बच्चा

एजेन्सी , वृद्धाको पेटमा ४० वर्ष पुरानो बच्चा फेला परेको छ । कोलम्बियामा वृद्धाको पेटमा भेटिएको हो । दुखाईका कारण डाक्टरलाई देखाउने क्रममा पेटमा डल्लो अवस्थामा मृत बच्चा रहेको पत्ता लागेको हो । पेटमा रहेको पुरानो शवका कारण दुखाई महशुश भएको डाक्टरको दाबी रहेको थियो । ८२ वर्षीय वृद्धाको  पेटमा करिब   १ .८१ केजीको डल्लो अवस्थाको शव थियो ।

महिलालाई यस बारेमा केहि जानकारी नरहेको बताएकी छिन् । दशकौ देखि यस्तो प्रकारको डल्लो पेटमा रहने प्रक्रियालाई “लिथोपेडियन” भनिन्छ । एक्स–रे मार्फत यसबारे पत्ता लागेको हो । डल्लो अवस्थामा रहेको पेटभित्रको मृत बच्चा हटाउन महिलाको शल्यक्रिया गर्नुपरेको थियो । यस्तो अवस्था निकै कम र खतरनाक समेत हुने गर्छ । यस्तो अवस्थामा बच्चा गर्भाशयमा नबसी पेटमा गएर बसेको हुँदा समस्या उत्पन्न भएको चिकित्सकहरुले जनाएका छन् ।

पेटमा गएर बसेको भ्रुणलाई पूर्ण मात्रामा रगत नपुगेको कारण उक्त समस्या सिर्जना हुने गर्छ । यस कारण मरेको बच्चा ढुंगा जस्तो सार्हो हुनपुग्छ । यो आश्चर्यजनक हुनसक्छ यस कारणले शरीरलाई कुनै फरक नपर्ने बताए । शरीरले आफ्नो निरन्तर काम गर्ने गर्छ । जसले गर्दा बिरामीलाई केहि थाहा नहुने जनाए । शरीर निकै स्वस्थ हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्