चीनसँग सडक सञ्जालले जोडिंदै ओलाङचुंगोला, २० किलोमिटर ट्रयाक खोल्न बाँकी

<span class='c1'>चीनसँग सडक सञ्जालले जोडिंदै ओलाङचुंगोला,</span> <span class='c2'>२० किलोमिटर ट्रयाक खोल्न बाँकी</span>

ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुंगोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुंगोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ ।

लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट निर्माण कार्य अघि बढाएको हो । गत असोज १२ गतेदेखि चीनको तिब्बतबाट भाडामा ल्याइएका चार ओटा मेसिनमार्फत ओलाङचुंगोला बस्तीदेखि लेलेपतर्फको भागमा झण्डै डेढ किलोमिटर ट्रयाक खोलिसकिएको छ ।

एलाइटले फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरी तिब्बतबाट मेसिन औजारसहित जनशक्ति भाडामा ल्याएर काम अघि बढाएको हो । यता सदरमुकाम तर्फबाट लेलेपको लुङथुङसम्म ट्रयाक खोलिसकिएको छ भने दशैं बिदामा निस्किएका कामदारसमेत फर्किएर काम शुरु गर्ने तयारीमा रहेको एलाइट कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए ।

पाँच ओटा ठूला मेसिन लगाएर काम गरिरहेको उनको भनाइ छ । लामिछानेका अनुसार दुवैतर्फबाट काम अघि बढेकाले एक वर्षभित्रै ओलाङचुंगोला सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिनेछ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम भइरहे पनि भौगोलिकरूपले कठिनाइ र स्थानीयको अवरोध आदिले ढिलाइ भइरहेको लामिछानेको भनाइ छ ।

अब झण्डै २० किलोमिटर ट्रयाक खोल्न बाँकी छ । उता दुई वर्षअघि नै चीनको तिब्बतबाट ओलाङचुंगोला बस्तीसम्म ट्रयाक खुलिसकेको छ । स्थानीयको समेत लगानी रहेको टिपतालादेखि ओलाङचुंगोला बस्तीसम्मको झण्डै २१ किलोमिटरको ट्रयाक खोल्न झण्डै रू.३ करोड लागेको थियो । सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने ओलाङचुंगोलामा हाल बसोबास गरिरहेका र यहाँ जन्मिएर देश तथा विदेशमा रहेकाले पैसा जम्मा गरी बाटो खनाएका थिए ।
चाँडै गाडी चढ्ने सपनासहित आफैं लगानी गरेर सडक खनाएका स्थानीय सर्वसाधारणले भने उक्त सडकमा अझै गाडी चढ्न पाएका छैनन् । छोटो दूरीमा नै प्रदेश नं १ लाई दुई छिमेकी मुलुक चीन र भारतसँग जोड्ने रणनीतिक महत्वको सडक भए पनि निर्माण कार्य भने कछुवाको गतिमा रहेको भन्दै स्थानीयवासीले गुनासो गर्ने गरेका छन् ।

पूर्वको समृद्धिसँग जोडिएको यो सडकलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउनु पर्नेमा स्थानीयवासीको जोड छ । छिमेकी मुलुक भारत र चीनलाई १४ वटा सडक सञ्जालले जोड्ने सरकारको योजनाअनुसार लोकमार्गको ट्रयाक  खोल्ने काम शुरु भएको थियो ।

तर पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणले गति लिन नसकेको बताइएको छ । यो सडक निर्माण पूरा भए ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैंची, चिराइतोलगायतका जडीबुटी चीन र भारत निर्यातमा सहज हुने स्थानीय व्यवसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्