विराटनगरमा एकपछि अर्को खुल्दै आँखा अस्पताल, कतिको प्रभावकारी छन् ?

<span class='c1'>विराटनगरमा एकपछि अर्को खुल्दै आँखा</span> <span class='c2'>अस्पताल, कतिको प्रभावकारी छन् ?</span>

प्रेम देवान
विराटनगर । कुनै बेला विराटनगरमा सिमित थिए आँखा अस्पताल । तर केही बर्ष यता विराटनगरमा आँखा सम्बन्धी उपचार र सेवामा उल्लेखनीय वृद्धि हुदै गएको छ ।

विराटनगरमा १० बर्ष यता विभिन्न आँखा अस्पताल र क्लिनिकहरूको संख्या बढेको छ । यसरी बढ्दो आँखा अस्पताल र क्लिनिकहरुले गर्दा कतिको प्रभावकारी अनि गुणस्तर दिएका छन् त ? अहिले नाम चलेका अस्पतालहरुको पनि सेवामा गुणस्तरमा कम आएको सेवाग्राहीकोे आरोप छ । यहाँका अस्पतालहरुमा स्थानिय मात्रै हैन भारत सम्मका विरामीहरुले सेवा लिने गरेका छन् । आँखा अस्पताल संचालनमा आएसँगै आँखा रोगीहरुको लागि आँखा सम्बन्धी उपचारमा आवश्यक सेवाहरूलाई सहज बनाएको छ । यद्यपि, सेवाको गुणस्तर, उपचारका पद्धतिहरू र सुविधा सुधारका साथ साथै केही चुनौतिहरू पनि देखा परेका छन् ।

विराटनगरमा रहेका विभिन्न आँखा अस्पतालहरूले सरकारी र निजी क्षेत्रको सहयोगबाट स्थानीय बासिन्दालाई उच्च गुणस्तरीय आँखा उपचार प्रदान गर्दै आएका छन । यहाँको प्रमुख अस्पतालमध्ये विराट आँखा अस्पताल, गोल्छा आँखा अस्पताल र विराटनगर अस्पताल जस्ता प्रतिष्ठित नामहरूले उत्कृष्ट सेवाको मापदण्ड स्थापना गरेका छन् । त्यसको अलवा तापडिया आई केयर , दिव्यज्योती अस्पताल , हिमाल आँखा अस्पताल, हाजी आँखा अस्पताल, एभरेष्ट आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, श्री रानी आँखा अस्पताल, भाष्कर आई केयर लगायतका छन् । यी आँखा अस्पतालहरुमा आँखाको रोग जाँच, मोतियाबिन्दू, ग्लूकोमा, रेटिना, आँखाको सर्जरी, चस्मा, काँचो चस्मा, र नेत्र रोग विशेषज्ञहरू जसले उच्चतम स्तरको उपचार प्रदान गर्ने गरेका छन् । विराटनगरमा २१ बर्ष अगाडी सञ्चालनमा रहेको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानले बार्षिक सरदर ओपिडी सेवामा ७० हजारको विरामी चेकजाँच गर्ने गरेको जनाएको छ । गत बर्ष मात्रै ६५ हजार विरामीको आँखा जाँच गरेको अस्पतालका मेनेजर नविन राजवशीले बताउनुभयो । आर्थिक बर्ष २०८१÷ ८२ को ५ औँ महिना सम्म आईपुग्दा २५ हजार विरामीलाई ओपीडि सेवा प्रदान गरेको उहाँले बताउनुभयो ।

विराटनगरका आँखा अस्पतालमा अधिकास छिमेकी राष्ट्र भारतका विरामीले भरिने गरेका छन् । खुला सिमा नाका भएका कारण पनि विरामीहरुलाई आउनको लागि खासै झन्झटिलो प्रक्रिया नहुने हुदाँ विरामीहरु आउने गर्दछन् । यता गोल्छा आँखा अस्पतालमा नेपालका ६५ प्रतिशत र भारतबाट ३५ प्रतिशत विरामीहरु आँखा जाँच गराउन आउने गरेको राजवंशीले बताउनुभयो । समुदाय स्तरमा पनि विभिन्न स्थानिय निकायहरुमा आँखा जाँचको लागि ६ वटा सामुदायिक आँखा जाँच केन्द्र स्थापना गरेको बताउनुभयो । साथै अस्पतालले ४ वटा विशिष्टीकृत उपचार सेवा समेत संचालन गर्दै आएको अस्पतालले जनाएको छ ।

गोल्छा आँखा अस्पताल सेवा मुलक तथा गैर नाफा मुलक सस्था रहेका कारण तीलगंगा आँखा अस्पताल प्रतिष्ठान काठमान्डौ मार्फत डाक्टर रुहित फाउण्डेशनसँगै अन्तराष्ट्रिय संघसस्थाहरुले सर्पोटबाट विरामीहरुलाई निशुल्क सल्यिक्रिय गर्दै आएको उहाँले सुनाउनुभयो । यस्तै विराटनगर १३ मा रहेको विराटनगर आँखा अस्पताल, तापडिया , विराट आँखा अस्पताल , हिमाल आँखा अस्पतालले पनि विरामीहरुका लागि आँखा उपचारको लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएका दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्