रंगेलीका कुमालेको दैनिकी, तिहारलाई दियो घैला बनाउन ब्यस्त

रंगेलीका कुमालेको दैनिकी, तिहारलाई दियो घैला बनाउन ब्यस्त

रबिन्द्र बराल
रंगेली । हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी भर्खरै सकिएको छ । दुर्गा मन्दीर बनाउन भ्याई नभ्याई रहेका कुमालेहरुलाई नजिकिएको तिहारले छपक्कै छोएको छ । तिहार विशेष गरी धनकी देवी लक्ष्मीको पुजा आराधना हुने भएकोले माटोको दियो बनाउन यो सिजनमा माटोको भाँडा बनाउने कुमालेहरुलाई भ्याई नभ्याई छ । लक्ष्मीपुजाको दिन दिपावती तथा दियो बाल्नका लागि माटोको दियो शुद्ध हुने भएकाले वत्ती बाल्ने चलन समेत रहेको छ ।
माटाका सामाग्री बनाउने कलाकार कुमालेहरुको लागि यो सिजन निक्कै ब्यस्त समय हो । मोरङको सुनवर्सी नगरपालिका ९कदमगाछिका कुमाले समुलदायका ब्यक्तिहरु माटोका सामाग्री बनाउन भ्याई नभ्याई छन् । यहाँ रहेका २४ घर परिवारका पण्डित समुदायका कुमालेहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त भएका हुन् ।
उनीहरु चिम्ट्याईलो माटोबाट दियो, घैला, कोसीया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, दलिया लगायतका समाग्रीहरु बनाउँछन् । त्यसबाट आएको आम्दानीबाट बर्षभरीघर खर्च चलाउने गरेका छन् । बिगत ५ बर्ष अघिसम्म राम्रै बिक्रिी हुने माटाका भाँडा तथा दियोहरुको त्यसयता ब्यापार घटेको माटोको सामाग्री निर्माण गर्दै आएका सुरेन पण्डित बताउँछन् ।
‘पाँच बर्ष पहिलासम्म प्रसस्तै आम्दानी हुन्थ्यो, उनले भने, पछिल्ल्लो समय बजारमा आएका बिभिन्न झिलिमिली इलक्ट्रिक सामाग्रीले ढाक्यो ।’ बजारलाई नै झिलिमिली पार्ने खालका सामाग्री बजारमा आएपछि आफुहरुको रोजीरोटी नै गुम्ने खतरा भएको पण्डितले बताए । माटोको दियो, घैला लगायत बनाउदा आफुहरुले माटो, पराल र दाउरा किन्नकालागि धेरै रकम खर्च हुने गरेको उनीहरु बताउँछन् ।

माटोको भाडा बनाउनको लागि २४ देखि ७२ घन्टासम्म आगोमा पकाउनु पर्ने गरेको अर्का कलाकार बिरेन्द्र पण्डितले बताए । उक्त सामग्री हरु तयारी पारेर बिक्रीवितरण का लागि रंगेली ,कर्सिया, दोहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेको बताए । उनले तिहारका लागि बजारमा दियो र घैलाको बढी बिक्री हुने भएकोले अहिले माग अनुसारको काम भईरहेको बताए । उनीहरुले बनाएको दियो एक सयको ६० रुपैयाँका दरले बिक्रीवितरण गर्ने गरेको जानकारी दिए । कलाकार बिष्णु पण्डित भन्छन्, अहिले यो पेशा जसोतसोचलिरहेको भएपनि नयाँ पुस्ताले गर्न छाडेका छन् । बर्षमा कमाई हुने २-४ हजारले घर परिवार नै चलाउन समस्या हुने भएपछि नयाँ पुस्ता यो पेशाबाट पलायन हुने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्