बँगलादेशमा किशोरीलाई जिउँदै जलाउने १६ जनालाई फाँसीको सजाय तोकियो

बँगलादेशमा किशोरीलाई जिउँदै जलाउने १६ जनालाई फाँसीको सजाय तोकियो

एजेन्सी । बँगलादेशमा किशोरीलाई जिउँदै जलाउने १६ जनालाई फाँसीको सजाय तोकिएको छ । आफूमाथि शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजूरी दिएकी १९ वर्षीया नुसरत जहान रफीलाई अप्रिलमा बुर्का लगाएका समूहले घेरा हाली जलाएपछि उपचारका क्रममा अस्पतालमा निधन भएको थियो । अदालतले रफीका शिक्षक सिराज उड डुलासहित १६ जनामाथि बिहिबार फाँसीको सजाय सुनाएको हो । घटनामा संलग्न १२ जनाले अपराध स्वीकार गरेको जनाइएको छ । तर, शिक्षक डुलाले अस्वीकार गरेका छन् ।

नुसरतमाथि दुव्र्यवहारपछि उनले साहस देखाएर उजूरी दर्ता गरिन् । विद्यालयको प्रधानाध्यापकमाथि उजूरी दर्ता गरेपछि उनलाई घेरा हाली उजूरी फिर्ता लिन दबाब दिइएको थियो । तर, उनले अस्वीकार गरेपछि मट्टीतेल छर्किएर आगो लगाएका थिए । आगो लागेपछि उनी भागेर ज्यान जोगाउन सफल भएपनि अस्पतालमा पाँच दिनपछि ज्यान गुमाउन पुगेकी थिइन् ।

घटनापछि रफीका परिवारले किटानी जाहेरी दिएपछि घटनामा संलग्नहरुलाई पक्राउ गरिएको थियो । उनीहरुमाथि फाँसीको सजाय तोकिएपछि सर्वत्र चर्चा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्