इराक । इराकमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा कम्तिमा ४० जनाको ज्यान गएको छ । सरकार विरोधी प्रदर्शन हिंसामा परिणत हुँदा धेरैको ज्यान गएको हो ।
ज्यान गुमाउनु मध्ये राजधानी बग्दादमा सुरक्षाकर्मीले प्रहार गरेको अश्रु ग्यासको क्यानिस्टर लागेका दुईजना पनि रहेका छन् । प्रदर्शनकारीले रोजगार, सुधारिएको सार्वजनिक सेवा तथा भ्रष्टाचारको अन्त्यको माग गरिरहेका छन् । समाचार संस्था एएफपीका अनुसार इराकभर भएका प्रदर्शनको क्रममा झण्डै दुई हजार मानिस घाइते भएका छन् । अक्टोबरको सुरुमा भएको यस्तै प्रदर्शनको क्रममा झण्डै १५० जनाको ज्यान गएको थियो ।