सिड्नी हत्या मुद्दाको सुनुवाइ सर्‍यो, मृतकको शव नेपाल पठाइने

सिड्नी हत्या मुद्दाको सुनुवाइ सर्‍यो, मृतकको शव नेपाल पठाइने

एजेन्सी ।  ग्रानभिलको ब्ल्याकसेल स्ट्रीटमा गत शनिबार राति भएको सन्तोष गौतम हत्यासम्वन्धी मुद्दाको सुनवाइ आगामी जनवरी २३ तारिखका लागि सरेको छ।आज पारामाटास्थित स्थानीय अदालतमा भिडियो कन्फ्रेन्स मार्फत सिल्भर वाटर जेलमा रहेकी अरोपित श्रीमती नुमा गौतमलाई उपस्थित गराइए पनि मुद्दाको अभिलेख पुर्ण रुपमा तयार भइनसकेका कारण सुनुवाइ सरेको त्यहाँ पुगेका सिड्नीका वकिल खिलेन्द्रराज तिम्सिनाले बताए।

बिहान मुद्दाको सुनुवाइमा भिडियो कन्फ्रेन्स मार्फत एकैछिन नुमालाई उपस्थित गराइएको थियो। तर नुमाको बयान भने बाहिर आउन सकेको छैन।

यसैबीच अस्ट्रेलियन नेप्लीज क्रिकेट संघको पहलमा मृतक सन्तोषको शवलाई उनको परिवारको चाहना अनुरुप नेपाल पठाउने तयारी गरिएको छ। यसका लागि स्थानिय क्रिकेटरको संस्थाले सहयोगको समेत आह्वान गरेको छ।‘परिवारले शव पठाइदिन आग्रह गरे बमोजिम हामी लागि परेका छौँ, अर्को हप्ताको शनिबारसम्म पोष्टमार्टम सकेर सम्वन्धित निकायले हामीलाई खबर गर्छु भनेको छ’ संघका पुर्व अध्यक्ष अजय क्षेत्रीले भने।

आज सुनुवाइका क्रममा समेत स्थानीय नेपाली क्रिकेट खेलाडीहरुको उपस्थिति रहेको थियो। दुई मिनेट जतिको भिडियो कन्फ्रेन्समा उपस्थित आरोपित नुमाले केही पनि बोलिनन्। उनलाई हेर्न केही परका नातेदार र साथीहरु समेत अदालतमा गएका थिए।ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमलाई पारिवारिक झगडामा श्रीमतीले हत्या गरेको आरोप छ। घरायसी झगडा र पारिवारिक कलहका कारण यो घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। उनीहरुको एक छोरी समेत छिन्।

परिवार भारतको सिलोङमा रहे पनि मुल घर भने बुटवलको शिवपुर हो। स्थानीय नेपाली क्रिकेट क्लब वेस्ट युनाइटेडवाट प्रारम्भिक ब्याट्सम्यानका रुपमा क्रिकेट खेल्ने सन्तोष हृदयी र मिलनसार रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्।सिड्नीका नेपाली वकिल खिलेन्द्रराज तिम्सिनाले घरेलु हिंसाका घटनाहरु बढ्दै गएको सन्दर्भमा सम्वन्धित पक्षले आवश्यक सरसल्लाह र विभिन्न सम्वन्धित निकायसँग परामर्श लिनु जरुरी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्