मालीमा सेनाको पोस्टमा बिद्रोहीको आक्रमण, ५३ सैनिकको मृत्यु

मालीमा सेनाको पोस्टमा बिद्रोहीको आक्रमण, ५३ सैनिकको मृत्यु

माली  ।मालीमा लडाकुहरुले सैनिक पोस्टमा आक्रमण गर्दा ५३ सैनिकको ज्यान गएको छ । यस्तै अर्का एक सर्वसाधारणको पनि आक्रमणमा मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मालीको उत्तर–पूर्वी क्षेत्रमा रहेको सेनाको पोस्टमा बिद्रोही लडाकुले आक्रमण गरेका हुन् । पछिल्लो एक दशकमा मालीमा सैनिकमाथि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

मालीको आर्मीले ट्वीट गरेर घटनाबारे जानकारी दिँदै यो आतंकवादी आक्रमण रहेको जनाएको छ । सन् २०१२ मा देशको उत्तरी क्षेत्रमा इस्लामिक लडाकुले नियन्त्रण कायम गरे यता मालीमा हिंसाको अवस्था छ । फ्रान्सेली सेनाको सहयोगमा मालीले सो क्षेत्रमा पुनः आफ्नो नियन्त्रण कायम गरेको छ । तर अस्थिरता भने कायम छ ।

माली सरकारका प्रवक्ता याया सान्गारेले शुक्रबार भएको आक्रमणमा १० जना बाँच्न सफल भएको बताएका छन् । आक्रमणबाट ठूलो भौतिक क्षति भएको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्