काबुल । अफगानिस्तानको तखर प्रान्तस्थित बम विस्फोटका कारण ८ जना बालबालिकाको मृत्यु भएको छ । उनीहरुको स्कुलकै छेउमा बम विस्फोट हुँदा ज्यान गएको हो । प्रान्तीय प्रहरी प्रमुख साएद मेहरज सदतका अनुसार उनीहरु १० देखि १५ वर्ष उमेर समूहका छन् । साथै अफगान सुरक्षा फौजलाई लक्षित गर्दै उक्त विस्फोट गराइएको हुनसक्ने अधिकारीले जनाएका छन् ।
तर घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर सदतले तालिबानीलाई यो आक्रमणको आरोप लगाएका छन् । अरबन्युजका अनुसार तखर प्रान्तमा तालिबानी समूह सक्रिय रहँदैआएको छ ।