३ वर्ष पहिले फोटोसँग विहे, अनि जेलमा जग्गे घुमियो

३ वर्ष पहिले फोटोसँग विहे, अनि जेलमा जग्गे घुमियो

एजेन्सी– यो समाचार कुनै फिल्म हेरेजस्तो आभास दिने खालको छ । दुई वटा हत्या गरेको आरोपमा एक ग्याङस्टर जेलमा थिए । उनको विवाह तय भइसकेको थियो । तर, जेलले उनलाई बाहिर जान दिएन । यसबाट रिसाएकी युवतीले ती ग्याङस्टरको फोटोसँग विवाह गरिन् । त्यसपछि उनको घरमा बस्न थालिन् ।

अब ३ वर्षपछि प्रहरी प्रशासन झुक्न बाध्य भएको छ । ती युवतीको जिद्दीका कारण प्रहरीले उच्च अदालतको आदेशअनुसार ती युवती र ती युवाको विवाह गराएको छ । ती युवाविरुद्ध ११ मुद्दा दायर भएका छन्, उनी १० वर्षदेखि जेलमा छन् ।

अदालतले आदेश दिएपछि बुधबार विहान ती युवती एउटा गाडीमा आफ्ना परिवारलाई लिएर जेलमा पुगिन् । जेल भित्र सबै व्यवस्था गरिएको थियो । विवाहमा ८ जना सहभागी भए ।

यो घटना हो, भारतको मोगा जिल्लाको । त्यहाँको गाउँ दोपडदमा मनदीपलाई अदालतले उम्रकैद सुनाएको थियो । उनीविरुद्ध अन्य मुद्दा पनि दायर भएका छन् । र, तिनै युवाको तस्वीरसँग सन् २०१६ मा विवाह गरेकी हुन् पवनदीपले । त्यति बेला प्रहरीले युवालाई विवाहका लागि छुट्टी दिएन । पवनदीपको परिवार उच्च अदालत गएपछि अदालतले ६ घन्टा छुट्टी दिन भन्यो ।  अनि फिल्मजस्तै लाग्ने यो विवाह सम्पन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्