प्लास्टिकका फोहोर दिएर पेटभर खान पाइने क्याफे !

प्लास्टिकका फोहोर दिएर पेटभर खान पाइने क्याफे !

एजेन्सी । क्याफेमा आफ्नो मनपर्ने परिकार खान धेरै पैसा तिर्नुपर्दछ । तर बेलायतमा एउटा यस्तो क्याफे पनि छ जहाँ प्लास्टिकका फोहोर दिएर पेटभर खान पाइन्छ ।

बेलायतको लण्डनस्थित द रबिस क्याफेमा खाना खान पैसा तिर्नु पर्दैन मात्र घरमा भएको प्लास्टिकको फोहोर बुझाए पुग्छ । तर जम्मा गर्ने प्लास्टिकका फोहोर भने रिसाइकल गर्न सकिने खालको हुनुपर्दछ ।

महिनामा जम्मा दुई दिन मात्र खुल्ने यो क्याफेमा ग्राहकले पैसा होइन, प्लास्टिकको फोहोरले खाएको बिल भुक्तान गर्दछन् । यस क्याफेमा जो पहिले आउँछ उसैले पाउँछ भन्ने नीति अनुसार ग्राहकलाई खानेकुरा दिइन्छ ।

इ–कभर नामको संस्थाले वातावरण विनाशको मुख्य कारकतत्वको रुपमा रहेको बढ्दो प्लास्टिक फोहोर कम गर्नका लागि यो नौलो सोचसहितको क्याफे खोलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्