फुटवलमा सँधै हार्छ नेपाल, इरानसँग ४–० गोलले पराजित

फुटवलमा सँधै हार्छ नेपाल, इरानसँग  ४–० गोलले पराजित

इरान।   नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो ।  पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । छनोट खेलमा समूह ‘डी’ मा रहेको नेपालले लगातार दुई हार खेपेको छ । अंक विहिन नेपाल समूहको अन्तिममा छ ।

पहिलो खेलमा पनि नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग ४–० गोलले पराजित भएको थियो । नेपालले अब आइतबार समूहको अन्तिम खेल किर्गिस्तानसँग खेल्नेछ । उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाई हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्