भारतमा आएको बुलबुल चक्रवत आँधीका कारण हजारौं प्रभावित, बंगलादेशको मार्टिन टापुमा पनि सयौं फसे

भारतमा आएको बुलबुल चक्रवत आँधीका कारण हजारौं प्रभावित, बंगलादेशको मार्टिन टापुमा पनि सयौं फसे

एजेन्सी। बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।

आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ । चक्रवत आँधीका कारण २ जनाको मृत्य भएको बीबीसीले जनाएको छ ।आँधीका कारण उक्त क्षेत्रमा रहेका बन्दरगाह र विमानस्थलहरु समेत बन्द गराइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गरेकी छिन् ।

उनले प्रभावितहरुको उद्धार र राहतमा सरकारले कुनै कमि नगर्ने बताएकी छिन् । आँधी उत्तरी क्षेत्रतर्फ बिस्तारै सर्दै गएको र कमजोर हुने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।

१२० देखि १५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीका कारण तटीय क्षेत्रमा रहेका सर्वसाधारणलााई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । बंगलादेशको मार्टिन टापुमा पनि सयौं मानिस फसेको समाचारमा जनाइएको छ । आपतकालीन सहयोगका लागि सैन्य जहाज र विमानहरु तयारी अवस्थामा रहेको भारतीय सरकारी अधिकारीहरुले बताएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्