विराटनगरको होटलबाट युवती सहित रंगेहात समातिएका तीन भारतीय न्यायाधीश बर्खास्त

विराटनगरको होटलबाट युवती सहित रंगेहात समातिएका तीन भारतीय न्यायाधीश बर्खास्त

विराटनगर, २५ कात्तिक । विराटनगरको एक होटलबाट युवतीसहित पक्राउ परेका भारत बिहार प्रदेशको तल्लो अदालतका तीन न्यायाधीश बर्खास्तीमा परेका छन् । ६ वर्ष अघि नेपाल प्रहरीले पक्राउ गरे लगतै छुटेका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता बर्खास्तीमा परेका हुन ।

भारतको सर्वोच्च अदालतले शुक्रबार सन् २०१३ मा विराटनगरको बसपार्क स्थित मेट्रो सिटी होटलबाट  महिलासहित पक्राउ परेका तीनजना न्यायाधीसलाई बर्खास्त गर्न अनुमति दिएको हो ।

तीन जना न्यायाधीसलाई २०६९ साल माघ १३ गते मोरङ प्रहरीले होटलबाट युवतीसहित पक्राउ गरेको थियो । तर तीन न्यायधिस रहेको खुलेपछि पक्राउ परे लगतै उनीहरू छुटेका थिए । स्थानीय मिडियामा आएको समाचारको आधारमा सर्बाेच्च अदालतले कारवाहीकालागि अनुमति दिएको हो ।

समाचारका आधारमा अनुसन्धान गर्दा ती न्यायाधीशहरु नेपाल आएको र भारत प्रवेश गरेपछि तीनै जनाको फोन एकै ठाउँमा ‘ट्रेस’ भएको थियो । घटना लगतै पटना उच्च न्यायालयको बैठकले निलम्बन गरेको थियो ।

घटनाको छानविन गरेको भारतीय गृह मन्त्रालयले दिएको रिपोर्टमा न्यायाधीशले विहारको पूर्णिया जिल्लाको एक होटलमा बसेको बिल पेस गरेपनि न्यायाधीश आफैंले बनाएको खुलेको थियो ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्